Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यालिफोर्नियामा एक महिलाले सपनामै निलिन् इनगेज्मेन्ट रिङ्ग

अमेरिकाको क्यालिफोर्नियामा एक महिलाले आफ्नो इनगेज्मेन्ट रिङ्ग निलेकी छन् । जेना इभान्स नाम गरेकी ती महिलाले सपनामा आफूले इनगेजमेन्ट रिङ्ग निलेको देखेकी थिइन् । तर त्यो सपना सपना नरहेर उनले बिपनामै सपनासँगै औँठी निलेकी हुन् ।

गएको मंगलबार राति उनले सपनामा आफू तीव्र गतिको रेलमा आफ्नो हुनेवाला श्रीमानका साथमा थिए । उनले महसुस गरिन् कि केही खराब नियत भएका व्यक्तिहरुले उनीहरुको पिछा गरिरहेका छन् । जेनालाई आफ्नो औँलामा रहेको २.४ क्यारेट हिराको औँठी जोगाउन हम्मे पर्यो । उनले त्यसका लागि औँठी निलिन्, किनकी त्यो औँठी उनलाई प्रेमीले लगाइदिएका थिए ।

जेना बुधबार बिहान उठिन् । तीव्र गतिको रेल, खराब नियत भएका व्यक्तिहरुले गरेको पिछा सबै मिथ्या वा सपना मात्रै रहेछ । तर औँठी निलेको कुरा चाहिँ सपना मात्रै रहेन । उनले आफ्नो औँलामा औँठी नदेखेपछि खोजिन्, कतै भेटिनन् ।

त्यसपछि शंका लाग्यो । अस्पतालमा गएर इन्डोस्कपी गर्दा उनको पेटमा औँठी देखियो । सपनामा देखेको जस्तै उनले वास्तवमै औँठी निलेकी रहिछन् ।

जेना विगतमा निदाएका बेला हिँड्ने गरेकी पनि थिइन् । जेनाका प्रेमी बबी हावेलले उनलाई बिहीबार पुनः औँठी लगाइदिए । जेनाले निलेको औँठी प्राकृतिक रुपमै बाहिर निकालिएको हो ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्