Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : नियमित पेस्ता सेवन गर्नाले हुन्छन् यस्ता अद्भूत फाइदाहरु

काजुबदामजस्तै पेस्ता पनि एक फाइदावान मसला हो । यसलाई घरघरमा गृहिण्ीहरुले मसालाको रूपमा प्रयोग गरिन्छ । त्यति मात्र नभएर यो फल लाग्ने वनस्पति पनि हो ।

स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रुपमा सेफहरुले लिने गरेका छन् । पेस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान् । ठूला होस् वा साना सबै होटलका सेफहरु पेस्ताको बखान गरेर थाक्दैनन् । पेस्तालाई प्राय मीठा परिकार जस्तो कि हलुवा, आइसक्रिम, कुल्फी आदिमा प्रयोग गरिन्छ । यसले खानाको स्वाद नै बेग्लै बनाउन मद्दत गर्छ ।

यसका साथै यसको नियमित रुपमा सेवनले स्वास्थ्यमा सकारात्मक फाइदा ल्याउनुका साथै अन्य थुप्रै फाइदाहरु छन् जुन यसप्रकार छन् –

१.  मुटु :
मुटुजन्य समस्या बाट सहजै छुटकारा पाउन सकिन्छ । पेस्ताले मुटुको धड्कनलाई नियमित बनाउन सहयोग गर्छ । पेस्ता सेवन उच्च रक्तचाप हुनेहरुका लागि अति उपयुक्त ओखती पनि हो ।

२. स्वस्थकर चिल्लो :

पेस्तामा शरीरलाई फाइदा हुने चिल्लो पदार्थ लुकेको हुन्छ । ५० दाना पेस्तामा १६० क्यालोरी लुकेको हुन्छ । यसको अर्थ पेस्ता लो क्यालोरी भएको खाजा भन्दा पनि हुन्छ ।

३. फाइबर :

अन्य फाइबर जन्य खोराकको अनुपातमा पेस्तामा अत्यधिक मात्रामा फाइबर उपलब्ध हुन्छ ।

४. क्यारोटिन :

पेस्तामा क्यारोटिनोइड भन्ने विशेषता लुकेको हुन्छ जसले आँखाको जोतीलाई बलियो बनाइराख्न मद्धत पुर्याउँछ ।

५. मासुको सट्टामा :

पिस्तामा आबद्ध फिटोसटेरोल्स भन्ने तत्वले अन्य श्रोतबाट शरीरमा प्रवेशहुने कोलस्ट्रोललाई सोस्ने काम गर्छ । अनि यसले मासुले प्रदान गर्ने शक्ति प्रदान गर्छ ।

६. प्रोटिन :

हरियो सागसब्जिमा जस्तै पेस्तामा पनि प्रोटिनको मात्रा लुकेको हुन्छ र यसको सेवन साकाहारी तथा मान्साहारी दुबै थरिका मानिसहरु गर्छन् किनकि यसको प्रयोग माछामासुको सट्टामा गर्न सकिन्छ।

७. विषादीनाशक :

केही निश्चित प्रकारका खानेकुरामा उपलब्ध फेनोलीक भन्ने तत्व पेस्तामा पनि उपलब्ध छ जसले शरीरमा विषादीनाशकको काम गर्छ । विषादीनाशक गुणले शरीरमा तनाव उत्पन्न हुन दिदैन जसका कारण क्यान्सर तथा मुटुजन्य रोगले घर बनाउन सक्तैन ।

८. पोषण :

पेस्तामा आइरन, पोटासियम, फासफोरस, म्याग्नेसियम तथा भिटामीन बी को मात्रा उपलब्ध हुन्छ ।

प्रकाशित मिति: Sep 14, 2019

प्रतिक्रिया दिनुहोस्