Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खगोलविद्हरूको दाबी : तारालाई परिक्रमा गर्ने अर्को ग्रहमा पानी फेला

खगोलविद्हरूले एउटा नयाँ र अत्यन्त अद्भुत तथ्य पत्ता लगाएका छन् । उनीहरुले एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पत्ता लगाएका छन् । पहिलो पटक पृथ्वीबाट धेरै टाढा रहेको एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य फेला परिएको हो ।

यो अन्वेषणले के२-१८ बी नामक उक्त ग्रह पृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको खगोलविद्हरुको दाबी छ । के२-१८बी ग्रह १११ प्रकाश वर्ष अर्थात् पृथ्वीदेखि झन्डै ६५ करोड माइल टाढा छ ।

युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक तथा प्रमुख वैज्ञानिक गिओभाना टिनेटीले यो पछिल्लो खोजलाई “अद्भुत” भनेकी छिन् । ग्रहको सतहमा पानी तरल रूपमा रहनका लागि उपयुक्त तापक्रम भयो भने सो क्षेत्रलाई बस्नयोग्य मानिने वैज्ञानिकहरुको भनाइ छ ।

१० वर्षभित्र नयाँ अन्तरिक्ष टेलिस्कोपले उक्त ग्रहको वायुमण्डलमा प्राणीहरूले बनाउने ग्यास भए वा नभएको निर्क्यौल गर्न सक्ने बीबीसीले जनाएको छ । नेचर एस्ट्रोनमी नामक वैज्ञानिक जर्नलमा उक्त अध्ययनको विवरण प्रकाशित भएको छ ।

ईएसएको एरिएलअभियानले २०२८ मा बाह्य संसारमा जीवन भए नभएको पत्ता लगाउन सघाउनेछ । अतः थप अध्ययनका लागि सन् २०२० को दशकमा आउने अर्को पुस्ताको अन्तरिक्ष दूरबीनको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्