Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिट चोर्ने विद्यार्थीलाई शिक्षकको अनौठो नियम, अभिभावकले गरे विरोध

अहिले मेक्सिकोमा विद्यार्थीको चीट विश्वभरी हासोको विषय बनेको छ । हालै ‘हाइस्कुल’का विद्यार्थीको परीक्षामा शिक्षकले विद्यार्थीले चीट चोर्न वा एक अर्कामा हेर्न पाउँन भनेर गरेको हर्कत सबैलाई सोच्न बाध्य पारेको छ । त्यहाँ लगाएको एक अनौठो नियम थाहा पाउने धेरैलाई अचम्भित बनाउँछ ।

हालै प्रशिक्षार्थीहरुले चिट नचोरुन् भनेर एक शिक्षकले उनीहरुको आँखाको दुबै पट्टी ‘कार्डबोर्ड’ लगाइदिएका थिए । तर यस्तो हर्कत गरेकोमा ती शिक्षक ‘सस्पेन्ड’ भएका छन् ।

परिक्षामा विद्यार्थीहरुले चिट चोर्ने चलन धेरै भएपछि ती शिक्षकले यस्तो गरेको बताइन्छ । स्थानीय मिडियाका अनुसार मेक्सिकोको तियाक्साला राज्यस्थित यस्तो घटना भएको हो ।

यस्तो घटना मिडियामा सार्वजनिक भएपछि विद्यार्थीका अभिभावकले समेत विरोध जनाएका छन् । विद्यार्थीमाथि अन्याय गरिएको उनीहरुको गुनासो छ । शिक्षकलाई कडा कारवाही गर्नुपर्ने उनीहरुको माग छ । घटना बाहिरिएपछि प्रहरीले पनि यसबारे अनुसन्धान गरिने जनाएको छ ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्