Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा ठूलो नोक्सानी हुने, देशहरु धनीभन्दा अपाङ्ग हुँदै

एजेन्सी : भविष्यमा जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा ठूलो नोक्सानी र्पुयाउने देखिएको छ ।

अनुसन्धानकर्ताले विगत ५० वर्षदेखि १७४ देशमा लगाताररुपमा लिइएको तापमान परिवर्तनको तथ्यांकअनुसार देशहरुका ऐतिहासिक मान्यता तथा आर्थिक वृद्धि जस्तोसुकै अवस्थामा नराम्ररी प्रभावित हुने मूल्यांकन गरेका छन् ।

हालै सार्वजनिक गरिएको एक प्रतिवेदनका अनुसार आगामी सन् २१०० सम्ममा धनी वा गरीब र चिसो वा गर्मी जस्तोसुकै देश भएपनि त्यहाँको अर्थतन्त्रमा जलवायु परिवर्तनले क्षति र्पुयाउनेछ ।

पृथ्वीको बढ्दो तापक्रमबाट प्रभावित भइ गरिबी फैलने अर्थशास्त्रीहरुले बताएका छन् । प्रतिवेदनका अनुसार नीतिगतरुपमा महत्वपूर्ण परितर्वन भएन भने संयुक्त राज्य अमेरिकाको कूल ग्राहस्थ्य उत्पादनमा १० प्रतिशत नोक्सानी हुने देखिन्छ ।

‘केही दिनअघि बेलायतमा अहिलेसम्मै गर्मी दिन रेकर्ड भएको र पूर्वाधार निर्माण कार्य रोकिएको थियो,’ क्याब्रिज विश्वविद्यालयका प्राध्यापक तथा प्रतिवेदनका सहलेखक कामिअर मोहाद्देसले रोयटर्सलाई भनेका छन्, ‘रेल चल्ने छैनन्, मानिसहरुले काम गर्न सक्दैनन् र उत्पादकत्व र आर्थिक वृद्धि खस्कनेछ ।’

अनुसन्धानकर्ताले गर्मी देशका गरिबमा देखिने अल्पकालीन असरका बारेमा अध्ययन केन्द्रित गरेपनि प्रतिवेदनले नीतिमा ठूलो परिवर्तन गरिएन भने जति धनी र चिसो तापक्रम भएपनि जलवायु परिर्वतनबाट आर्थिक क्षेत्र बच्न नसक्ने देखाएको उल्लेख गरेका छन् ।

‘विश्वको औषत तापक्रम सन् २१०० मा ४ डिग्री सेन्टिग्रेटले बढ्नेछ । त्यसले विश्वको प्रतिव्यक्ति कूल ग्राहस्थ्यमा ७ प्रतिशतको नोक्सानी गर्नेछ,’ अमेरिकाको गैरनाफामुलक संस्था नेसनल ब्युरो अफ इकोनोमिक रिसर्चले सोमबार प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१५ को पेरिस सम्झौतामा विश्वका २०० देशले जलवायु परिवर्तको असरलाई ध्यान दिँदै पृथ्वीको तापत्रक्रम २ डिग्री सेन्टिग्रेटभन्दा तल १.५ राख्ने प्रयास गर्न सहमत भएका थिए ।

तर, संयुक्त राष्ट्रको गतवर्षको प्रतिवेदनले हावापानी परिवर्तन गर्ने हरितगृह ग्यास उत्सर्जनमा उल्लेख्य रुपमा कमी नल्याइ त्यसो हुन नसक्ने बताएको थियो ।

आर्थिक खोजकर्ताले अमेरिकमा धेरै हावापानी पाइने भएकाले त्यही अध्ययन केन्द्रित गरेका थिए । यदी पेरिस सम्झौताको लक्ष्यलाई वेवास्ता गरिए औद्योगिकदेखि कृषि उत्पादनमा पनि नराम्रो असर पार्ने देखिएको छ । संयुक्त राज्य अमेरिकाको कूल ग्राहस्थ्य उत्पादनमा १० प्रतिशतभन्दा बढीको मूल्य पर्नेछ । अन्य औद्योगिक देश पनि प्रभावित हुने लेल्लेख गर्दै डा मोहाद्देसले भने, ‘अमेरिकका औषत घरपरिवार गरिब हुँदै जानेछन् ।’

विश्वको अन्यत्रभन्दा क्यानाडामा तापमानको असर दोब्बर हुनेछ । यसले आयको १३ प्र्र्तिशतको जोक्सानी गर्ने, स्वीट्जरल्याण्डमा १२ प्रतिशत र भारतमा १० प्रतिशतले कूल ग्राहस्थ्य उत्पादनमा कमी आउनेछ । तर पेरिस सम्झौतालाई पालना गर्ने हो भने अमेरिका क्षति २ प्रतिशतमा रहने प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असरका विषयमा अन्तर्रा्ष्ट्रिय सम्झौताबाट अमेरिकालाई बाहिर ल्याउने प्रतिज्ञा गरेका थिए । जुन सम्झौताबाट अमेरिका सन् २०२०को नेभेम्बर हट्दैछ ।

आर्थिक अवस्थामा नकारात्मक असर पर्ने भन्दै सम्झौता कार्यान्वयन गर्न अनिच्छुक देशहरुलाई प्रतिवेदनले जलवायु परिवर्तनका विषयमा भएका सम्झौता लागू गर्न सुझाव दिएको छ ।

‘हामीसँग बलियो सहन आवश्यक छ,’ डा मोहाद्देसले भने, यदी हामीले पेरिस सम्झौतामा प्रतिवद्धता जनायौँ, नोक्सानी अत्यन्त कम हुनेछ, त्यसले यसमा ढिलाई गर्नु हुन्न ।’

प्रकाशित मिति: Aug 24, 2019

प्रतिक्रिया दिनुहोस्