Logo
१५ बैशाख २०८१, शनिबार
(August 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिड बोकेको ट्यांकर भ्यानमाथि पल्टिँदा एकै परिवारका ९ को मृत्यु

एजेन्सी : भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा भएको सवारी दुर्घटना भएको छ ।

राजसमन्द जिलको देसुरीमा एक ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ नौ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ ।

ट्यांकरले भरी एसिड बोकेको थियो । भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए । मृत्यु हुनेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् ।

दुर्घटनापछि पल्टिएको ट्यांकरबाट एसिडको पोखिएकाले स्थानीय मानिस सहायताको लागि हच्किएका थिए । दुर्घटनाको तीन घण्टापछि मात्र शवलाई बाहिर निकालिएको थियो । अनुसन्धानबाट भ्यानमा सबार सबैको ज्यान गएको पाइएको छ ।

दुर्घटनाले गर्दा पाँच घण्टासम्म सडक जाम भएको थियो । यसले गर्दा सकडको दुवै तर्फ वाहनको लामो लाइन लागेको थियो ।

प्रकाशित मिति: Aug 24, 2019

प्रतिक्रिया दिनुहोस्