Logo
१५ बैशाख २०८१, शनिबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘एप्पल कार्ड’ : अमेरिकी नागरिकले मात्र प्रयोग गर्न पाउने

विश्वप्रसिद्ध ब्रान्ड एप्पलले आफ्ना ग्राहकका लागि ‘एप्पल कार्ड’ सेवा सुरु गरेको छ । बुधबारदेखि सुरु भएको यो सेवा अमेरिकामा भित्र मात्रै लागु हुने गरि कम्पनीले बताएको छ ।

एप्पलले आफ्ना ग्राहकको वित्तीय सुविधा सहित सरल जीवनको लागि यो सेवा सञ्चालन गरेको बताएको छ । एप्पलको यो कार्ड प्रयोग गर्न चाहने जो सुकैले आइफोनको वालेट एप वा एप्पलको वेवसाइटबाट कार्डको लागि आवेदन दिन सक्नेछन् ।

कार्ड लिन कुनै शुल्क नलाग्ने बताइएको छ । कम्पनीले प्रयोगकर्ताको गोपनियताको लागि विशेष प्रकारको सुविधा सहित कार्ड बनाएको दाबी गरेको छ ।

एप्पलका अनुसार प्रयोगकर्ताले एप्पलको कार्ड मात्र प्रयोग गरे २ प्रतिशत र एप्पलको आफ्नै स्टोरबाट कार्ड प्रयोग गरे ३ प्रतिशत सम्म पैसा फिर्ता दिने बताएको छ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्