Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौठो चमत्कार : महिलाबाट पुरुष बनेकाले जन्माए बच्चा !

प्रकृतिको नियमअनुसार प्रजनन् क्षमता पोथीमा मात्रै हुने कुरा हामी सबैलाई थाहा भएकै कुरो हो । अझ त्यसमा पनि मानव जातिमा महिलाले मात्रै बच्चा जन्माउन सक्ने क्षमता हुन्छ ।

तर सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ, अब महिलाजस्तै पुरुषले पनि बच्चा जन्माउन सक्ने छन् । पत्याउनै नसकिने यो विषयलाई विज्ञानले सम्भव बनाएको हो । लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेकाहरुले नवजात शिशुलाई जन्म दिन सफल भएका हुन् ।

अष्ट्रेलियामा यसरी २२ जना पुरुषले बच्चा जन्माएका छन् । अष्ट्रेलिया सरकारले हालै जारी गरेको तथ्यांकअनुसार गत दश वर्षमा २२ पुरुषले बच्चा जन्माएका हुन् ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले सार्वजनिक गरेको जन्म दरसँग सम्बन्धित तथ्यांकमा महिलाबाट पुरुष बनेकाहरुले बच्चा जन्माएको उल्लेख छ ।
यसअघि यो विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको थिएन । यद्यपि एउटा घटनामा भने लिंग अन्नोन (थाहा नभएको) भनेर वर्गीकृत गरिएको थियो ।

लिंग परिवर्तन गरी पुरुष बनेकाहरुले बच्चा जन्माएपछि कतिपयले भने पुरुषत्वमाथिको चुनौतिको रुपमा टिप्पणी गरेका छन् । विगतमा महिला भएपनि पुरुष लिंग भइसकेपछि फेरि बच्चा जन्माए भने त्यो साँच्चिकै पुरुष हुन नसक्ने उनीहरुको तर्क छ ।

तर मेलबर्न विश्वविद्यालयका एक प्रोफेसरले भने पुरुषत्वको धारणा हरेकका लागि बेग्लै अनुभूतिका रुपमा देखिन बताएका छन् । अमेरिकामा पनि यस्तै घटना सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्