Logo
१९ बैशाख २०८१, बुधबार
(August 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजि क्षेत्रले बैंकिङ प्रणाली मार्फत गरिबी निवारणमा योगदान पुर्याएको छ; नगर प्रमुख गच्छदार

सुनसरी : सुनसरीको दुहबीमा सिभिल बैंकको समुद्घाटन गर्नुहुँदै दुहवी नगर प्रमुख बेदनारायण गच्छदारले गरिबी निवारणकालागि निजि क्षेत्रले बैंकिङ प्रणाली मार्फत वित्तीय क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको जिकिर गर्नुभयो । नगर प्रमुख गच्छदारले बैंकिङ प्रणालीलाइ सर्वसुलभ ढंगबाट उदार भएर साना-साना व्यवसायी सम्म ऋण लगानी गरेमात्र आर्थिक क्षेत्रको पाटोमा सबल हुँने बताउँनुभयो । प्रत्येक व्यक्तीलाइ बैंकिङ प्रणालीमा जोडन सकेमात्र समाजको विकास हुँने नगर प्रमुख गच्छदारले बताउँनुभयो ।

आइतवार सिभिल बैंकको ९६ औं शाखा बिस्तार भएको जानकारी दिनुहुँदै सिभिल बैंकका १ नम्वर प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीले वित्तीय क्षेत्रलाइ विकास गर्नकैलागि दुहवीमा शाखा बिस्तार गरिएकोले सम्पूर्ण बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाए । ८ वर्ष अघि स्थापना भएको सिभिल बैंक क वर्गको नेपालकै सबैभन्दा कान्छो कर्मसियल बैंक हो ।

समुद्घाटन कार्यक्रममा दुहवी नगर उप–प्रमुख सुनिता दाहाल (साह) फरर्वाड कम्यूनिटि माइक्रो फाइनान्स वित्तीय संस्था लि.का सिइओ आशनारायण चौधरी, दुहवी उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल कुमार साह, श्री जनकल्याण साकोस दुहवीका अध्यक्ष मिलीराम चौधरी, संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: Aug 11, 2019

प्रतिक्रिया दिनुहोस्