Logo
२६ बैशाख २०८१, बुधबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिशूलीमा खसेको बसमा सवार यी हुन् ४५ यात्रुको नामावली, १६ जनाको जीवित उद्धार, ४ को मत्यु

प्रदेश २ स्थित सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ तर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा अहिलेसम्म ४ जनाको मत्यु भएको पुष्टि भएको छ । प्रहरीले भने तीन जनाको सनाखत भएको जनाएको छ । १६ को जीवित उद्धार गरिएको छ ।

मृतक सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ । ना६ख ७४६९ सृष्टि डिलक्स शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । बसमा मलङ्गवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यात्रुको नामावलीः
बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष राय दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमार दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दास तीन जना, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियार चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह ९वकिल०, अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतो तीन जना, भारतका लरकवाका रामबाबु यादव तीन जना, भारतका कुवारीका अजय ठाकुर दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा रहेका छन् ।

बस चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उद्धार गरिएका १६ को पहिचान भएको छ । पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् ।

मलङ्गवा–९ स्थित रहेको सृष्टी बस काउण्टरमा अहिले बसमा सवार यात्रीको आफन्तहरुको भीड लागेको छ । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरेर अस्पताल लगिएको र २५ जना हराइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बेपत्ताहरुको खोजी भइरहेको बताए । उनले कति जना बेपत्ता छन् भन्ने यकिन नभएको बताए ।

प्रहरी उपरीक्षक बैदवारले चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने बताएका छन् ।अहिले घटनास्थलमा स्थानीय बासिन्दासहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू उद्धारमा खटिएका छन् ।

दुर्घटनाग्रस्त बसको केही भाग मात्रै त्रिशूली नदीमा देखिएको छ । नदीमा बीच भागमा खसेको बसलाई निकाल्न क्रेन मगाइएको प्रहरी उपरीक्षक बैदवारले बताए ।

एसपी भन्छन् ‘चालक निदाएपछि दुर्घटना भएको देखिन्छ’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बेपत्ताहरुको खोजी भइरहेको बताए । उनले कति जना बेपत्ता छन् भन्ने यकिन नभएको बताए । ‘उताबाट कतिजना चढेर आएका थिए, बाटोमा कति जना थपिए, हामी बुझ्दैछौँ’ उनले भने ‘बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

प्रहरी उपरीक्षक बैदवारले चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने बताए । ‘बिहानीपख दुर्घटना भएको छ, चालक निदाएका कारण हो कि भन्ने अनुमान गरेका छौँ’, उनले भने ‘थप कुरा अनुसन्धानपछि खुल्दै जाला ।’

अहिले घटनास्थलमा स्थानीय बासिन्दासहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू उद्धारमा खटिएका छन् ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्