Logo
१५ बैशाख २०८१, शनिबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलोपटक चुनिएका ४ महिला सांसदलाई अमेरिका छाड्न ट्रम्पको आग्रह

एजेन्सी : पहिलोपटक चुनिएका ४ महिला सांसदलाई अमेरिका छाड्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल आग्रह गरेको छ ।

ट्रम्पले डेमोक्रेटिक पार्टीका चार महिला सांसदलाई अमेरिका छाडेर ‘तिनको देश फर्किन’ भनेका हुन् ।

ट्रम्पको टिप्पणीलाई धेरैले नश्लवादी भन्दै आलोचना गरेका छन् । उनले ती महिला सांसदको ‘मुल देशका सरकार पुरै बर्बाद’ अवस्थामा रहेकाले तिनको आवश्यकता त्यहाँ रहेको बताएका छन् ।

ट्वीटमा ट्रम्पले ती चार जना फर्किन चाहेमा डेमोक्रेट पार्टीकी सभामुख न्यान्सी पेलोसी ‘निशुल्क यातायात खर्चको व्यवस्था गर्न तयार हुने’ समेत लेखेका छन् । ट्रम्पको पेलोसीको नाम उल्लेख गरेर एकहप्ता अघि पेलोसी र ती सांसदबीच भएको विवादलाई आंैल्याउन खोजेका हुन् ।

चार सांसदमा सबै पहिलोपटक चुनिएका युवा सांसद छन् । तीमध्ये एलेक्जेण्डर ओकासियो–कोरटेज, रशिदा ट्लइब र याएन्ना प्रेस्ले अमेरिकामै जन्मिएर हुर्किएकी हुन् भने चौथी सांसद इलहान ओमार बाल्यकालमै अमेरिका आएकी थिइन् ।

ओकासियो–कोर्टेज न्युयोर्कको ब्रोन्क्समा जन्मिएकी थिइन् जुन स्थान ट्रम्पको जन्म भएको क्वीन्स हस्पिटलबाट १९ किमीमात्रै टाढा छ । ट्विटरमा ट्रम्पले लेखेका छन्, ‘प्रगतिशिल’ डेमोक्रेट महिला सांसदलाई देख्दा रमाइलो लाग्छ । तिनको मुल देशको सरकार पूरै बरबाद, एकदम खराब, सबैभन्दा भ्रष्ट्र र विश्वका सबैभन्दा असक्षम अवस्थामा छन् (यदि सरकारको नामको कुनै कुरा त्यहाँ बाँकी छ भने) । तिनै चाँही पृथ्वीको सबैभन्दा महान र शक्तिशाली राष्ट्रका नागरिकलाई सरकार कसरी चलाउने भनेर सिकाइरहेका छन् ।’

ट्रम्पले अगाडि लेखेका छन्, ‘ती किन आफू आएको पूर्णत क्षतविच्छेद र अपराधले ग्रसित ठाउँमा फर्किएर गएर त्यहाँको समस्या ठीक गराउँदैनन् ।

त्यसपछि ती फर्केर आएर हामीलाई आफ्नो कामबारे बताउन् । ती स्थानलाई तपाईको एकदम आवश्यकता छ । तपाई यति चाडै पलायन किन हुनुभयो ? न्यान्सी पेलोसी छिटोभन्दा छिटो यातायातको व्यवस्था मिलाउन खुशी हुनेछिन् भन्नेमा म पक्का छु ।’ ट्वीटमा उनले कुनै पनि सांसदको नाम उल्लेख गरेका छैनन् ।

तथापि न्यान्सी पेलोसीको उल्लेख गरेबाट उनले ओकासियो-कोर्टेज, ट्लइब, प्रेस्ली र ओमरलाई भनेको प्रष्ट बुझिन्छ । अघिल्लो हप्ता ओकासियो-कोर्टेजलले आफ्नै पार्टीकी सभामुख पेलोसीलाई बाँकी तीन अल्पसंख्यक सासंदलाई बोल्ने अवसर नदिएकोमा असन्तुष्टि व्यक्त गरेकी थियो ।

ट्रम्पको टिप्पणीलाई धेरैले आलोचना गरेका छन् । ट्रम्पले ट्वीटमा उल्लेख भएकी अमेरिकी सभामुख पेलोसी आफैले पनि ट्रम्पको ट्वीटलाई ‘फरक जातिप्रति डर फैलाउने’ खालको भएको बताएकी छिन् । ‘म डोनाल्ड ट्रम्पको टिप्पणीलाई खारेज गर्छु ।

यो टिप्पणी अमेरिकामा फाटो ल्याउने उदेश्यले गरिएको हो,’ पेलोसीले टिप्पणी गरेकी छिन् । ओकासियो-कोर्टेजले ट्रम्पको टिप्पणीबारे भनेकी छिन्, ‘तपाई रिसाउनुभएको छ किनकि तपाई हामीलाई समेट्ने अमेरिका बुझ्न सक्नुहुन्न् । आफ्नो लुटको लागि तपाईं भयभित अमेरिकामा निर्भर हुनुहुन्छ । ’

ओमरले राष्ट्रपति ट्रम्पले श्वेत राष्ट्रवाद उचालेको आरोप लगाएकी छिन् । उनले ट्रम्पलाई ‘हामीले देखेको सबैभन्दा खराब, सबैभन्दा भ्रष्ट्र र असक्षम राष्ट्रपति’ भनेकी छिन् ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्