Logo
|| July 11, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वा्धिक कमाइ गर्ने सेलिब्रिटीको सूचीमा स्विफ्ट

अभिनेता र खेलाडीहरुलाई पछि पार्दै सर्वा्धिक कमाइ गर्ने सेलिब्रिटीको सूचीमा पपस्टार टेलर स्विफ्ट अग्रपंक्तिमा देखिएकी छिन् ।

फोर्ब्स पत्रिकाले वर्षनी सार्वजनिक गर्ने ‘टप-अर्निङ सेलेब’ सूचीमा उनले अभिनेता र खेलाडीहरुलाई पछि छाडेकी हुन् ।

फोर्ब्सका अनुसार २९ वर्षीय स्विफ्टले सन् २०१८ को जुन महिनामा १८५ मिलियन डलर अग्रिम कर दाखिला गरेकी थिइन् ।

उनी सन् २०१६ मा पनि सूचीको अग्रस्थानमा थिइन् । सोसल मिडिया तथा टिभी स्टार काइली जेनर सूचीको दोस्रो नम्बरमा छिन् भर्ने यापर केनी वेस्ट तेस्रो स्थानमा छन् ।

फुटबलर लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेमारले क्रमशः चौंथो, छैटौं र सातौं स्थान सुरक्षित गरेका छन् । गायक एड सिरान सूचिको पाँचौं स्थानमा छन् ।

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार १३:४१

प्रतिक्रिया दिनुहोस्