Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहअघि युवतीलाई इम्प्रेस पार्न बोलिने पुरुषका यस्ता ६ झुठ

अधिकांश सम्बन्धमा युवतीलाई प्रेममा पार्नका लागि होस् वा विवाहका लागि राजी गर्न किन नहोस् युवायुवतीहरुले झुट बोलिरहेका हुन्छन् । उनीहरुले राम्रो इम्प्रेसन पार्नका लागि झुठको साहरा लिने गरेका हुन्छन् ।

युवतीमा राम्रो इम्प्रेशन पार्नका लागि बोलिने युवाहरुका यस्ता झुठलाई थाहा पाउन वा पत्ता लगाउन भने अलि कठिन नै हुने गर्छ । हुन त विवाहभन्दा अगाडि वा कसैलाई पनि आफूसँग नजिक ल्याउन युवतीहरुले पनि धेरै कुरामा झुठको साहरा लिइरहेका हुन्छन् ।

आज हामी यहाँ युवाले युवतीलाई इम्प्रेसनमा पार्न प्रयाग गर्ने केही झुठका बारेमा उल्लेख गर्दैछौं ।

१.  तिमी जतिको राम्री मलाई अरु कोही लागेको छैन । (यसअघि पनि उसले अरु युवतीलाई पनि यसै भनेको हुन्छ ।)

२.  योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । (युवाको जतिसुकै अफेयरहरु चलिरहेको भएपनि उसले नयाँ सम्बन्धका लागि यस्तो बताउने गर्छ ।)

३.  विवाह पछि म रक्सी, चुरोट केही पिउँदिन । (विवाह अघि चुरोट, रक्सी पिउनेहरुले विवाह गरेपछि आफू यस्तो लतहरुलाई चटक्कै छोड्ने प्रतिवद्धता व्यक्त गर्छन् तर वास्तविकतामा त्यस्तो नहुन सक्छ ।)

४.  विवाहमा म तिम्रो परिवारलाई दु:ख दिन्न । माइतिबाट तिमीले केही पनि ल्याउनु पर्दैन ।(विवाहका लागि राजी गराउनका युवाले युवतीलाई यस्तो भन्ने गर्छन् ।)

५.  तिम्रो बुवा आमा मेरो पनि त आमा बुवा हो नि (यसो भन्दै युवतीको दिल जित्न खोज्ने कम हुँदैनन् । तर विवाह पछि भने उनीहरुले यो सम्बन्धलाई पहिले भनेजस्तो बनाउन खोज्दैनन् ।)

६.  विवाहपछि म तिमीलाई पूर्णरुपमा समय दिन्छु । (यसो भन्ने युवाहरुले विवाहको केही समयपछि नै पत्नीलाई भन्दा साथी भाइ र अन्य कुराहरुलाई बढी समय दिन थाल्नेछन् ।)

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्