Logo
२६ बैशाख २०८१, बुधबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राखेप सदस्य सचिवमा सिलवाल नियुक्त, मन्त्री विश्वकर्माद्वारा आजैे शपथ ग्रहण

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवको रुपमा रमेश सिलवालले जिम्मेवारी पाएका छन् ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नयाँ सदस्य सचिवको रुपमा सिलवाललाई आजै पद तथा गोपनियताको शपथ ग्रहण गराउने तयारी गरिएकाे छ ।

केशव बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि सरकारले सिलवाललाई खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी सहित सदस्य सचिवको रुपमा प्रस्ताव गरेका थिए । नीजि कलेज सञ्चालकको रुपमा ख्याती कमाएका सिलवाल नीजि विद्यालयहरुको छाता संगठन हिसानका अध्यक्ष हुन् ।

नेकपा निकट खेलकुद संस्था मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष उनी गोल्डेन गेट कलेजको सिइओ पनि हुन् ।

सिलवाल नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले निलम्बन गर्नु अघि राखेपद्वारा गठित क्यान तदर्थ समितिका संयोजक समेत थिए ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्