Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अचम्मको देश जहाँ रक्सीमा सर्प हाली बनाउँछन् ‘स्नेकवाइन’ (भिडियो )

छिमेकी राष्ट्र चीनको खानपीन विश्वभर नै प्रचलित छ । उनीहरु अनौठो अनौठो परिकार बनाई खाने गरेको पनि हामीले सुनिआएका छौँ ।

केही समय अगाडी चीनमा नै भर्खरै जन्मेको तर मृत्यु भईसकेको बच्चाको सुप खाने खबर , तस्बिर र भिडियो भाईरल भएको थियो । तर उक्त तस्बिर र भिडियोको वास्तविकता खुलेर आउने भने सकेन । यही कारण पनि चीनको खानपान चर्चित पनि छ अनि अलोचित पनि ।

त्यसैगरी चीनले अर्काे भिडियाबाट पनि त्यसरी नै सनसनी मच्चाएको छ । जुन भिडियोको खुबै आलोचना पनि भएको छ । रक्सीको बोटलमा जिउँदो सर्पलाई हाली मारेको भिडियोले सर्बत्र आलोचना पाएको थियो । रक्सी बनाउँने यो पारम्पारिक तरिकाले बनाईएको रक्सी चीनमा निकै मिठो हुने भन्दै यस किसिमको रक्सीको माग पनि निकै हुने गरेको छ ।

भिडियोमा कोबरा सर्पलाई चामलबाट बनेको रक्सीमा हालेर बोटल बन्द गरिएको छ । बन्द बोटलभित्र केहि समयपछि सर्पको ज्यान जान्छ । अनि चीनका मानिसहरु त्यो रक्सीलाई निकै मिठो मानेर खाने गर्दछन् । यतिमात्र होईन चीनका मानिसहरु कुकुर, बिरालो, गोही लगायतका जनावरको मासु पनि निकै मन पराउने गर्छन् ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्