Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइफोनका डिजाइनरले एप्पल छोड्ने तयारीमा

आइफोनका डिजाइनर सर जोनथन इभले एप्पल कमपनी छोड्ने निर्णय लिएका छन् । २ दशकभन्दा बढी समय दिएका जोनथनको एप्पललाई विश्वको सबैभन्दा सम्पन्न कम्पनी बनाउनमा ठूलो हात रहेको छ ।

अब उनले आफ्नै व्यवसाय सुरु गर्ने तयारी गरेका हुन् । सर जोनथन आइम्याक, आइप्याड र आइफोनका डिजाइनर हुन् । उनले सन् २०१९ को अन्त्यलगत्तै एप्पल छोड्ने भएका हुन् ।

उनले लभफ्रम नामक क्रिएटिभ फर्म खोल्ने भएका हुन् जसको प्रमुख ग्राहक एप्पल नै हुनेछ । परिवर्तनका लागि सही र उपयुक्त समय रहेको उनले बताएका छन् ।

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्