Logo
|| June 10, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारीका यस्ता ५ स्वभावले बिगार्न सक्छ घर परिवार

गाउँघरमा एउटा भनाइ छ घरको सौभाग्य भनेको नारी हो । असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ । तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ । धर्मशास्त्र अनुसार पनि असल स्वभावकी श्रीमती भएको घरमा सँधै शान्ती मिल्छ ।

तर, कतिपय नारीहरुको स्वभाव यस्तो हुन्छ, जसका कारण एक अर्काको जीवन नर्क बनाइरहेको हुन्छ । यसो भन्दैमा पुरुष चाहिं खराव हुँदैनन भन्ने होइन तर, आज हामीले यहाँ चर्चा गर्न खोजेको विषय नारीको हो । असल घरबारका लागि नारीले निम्नलिखित व्यवहारहरुमा ध्यान दिन जरुरी छ :

नमिठो बोल्ने : भनिन्छ वचनको वाण निकै घातक हुन्छ । चर्को स्वरले सम्बन्ध विगार्न सक्छ । त्यसैले मीठो र भद्र वचन बोल्ने महिला सौभाग्यवती मानिन्छन् ।

पैसाका लागि जे गर्न पनी तयार हुने :  श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले पनि हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । जसले प्रेम, समर्पण तथा बफादारितालाई खरानी बनाउन्छ र जीवन नै उदास बनाइदिन्छ ।

हस्तक्षेपकारी भूमीका :  केही महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न खोज्छन् । त्यो गलत हो त्यस्तो कार्यले पनि पुरुषको जीवन बरबाद बनाउन सक्छ ।

रुञ्चे :  सामान्य कुरामा पनि रुने स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् ।

श्रीमानलाई आफ्नोमात्रै ठान्ने :  यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन नै बरबाद बनाइरहेका हुन्छन् । महिलाहरुको त्यही स्वभावका कारण हरेक पुरुष आफ्ना बाबु, आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट नचाहेरै पनि टाढा हुन बाध्य हुन्छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार १५:०५

प्रतिक्रिया दिनुहोस्