Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाइराख्नुहोस् : किचेनमा खाना पकाउँदा महिला- पुरुष दुवैलाई उपयुक्त हुने यी १५ टिप्स

काठमाडौँ :  विशेष गरी दिनमा महिलाको आधाभन्दा बढी समय किचेनमै बित्ने गर्छ । खाना पकाउँदा साना साना कुराले पनि समस्या उत्पन्न गराउँछ । कहिले तेल बढी हालिन्छ, कहिले नुन । कहिले खुर्सानी बढी हुन्छ त कहिले के । यहाँ दिइएका १५ टिप्स महिला पुरुष दुवैका लागि सहयोगी सावित हुन सक्छ ।

१. कागतीको प्रयोग गर्नुअघि आधा घन्टा पानीमा भिजाइदिनुस्, धेरै रस निस्कन्छ ।
२. फलिया बनाउनुभन्दा अघि बरफ भएको पानीमा भिजाइदिनुस्, तरकारी स्वादिष्ट बन्छ ।
३. तरकारीमा हरियो खुर्सानी हाल्ने बेला बियाँ निकालिदिनुस्, पीरो हट्छ, स्वाद मिठो आउँछ ।
४. कागती स्टोर गर्न रस ट्रेमा भरेर फ्रिजमा राखिदिनुस् । टुक्रा टुक्रा भएर जमेपछि प्लास्टिकमा राख्नुहोस् ।
५. तरकारीमा नुन बढी भएमा एउटा आलु काटेर हालिदिनुस्, ब्यालेन्समा आउँछ ।
६. पकौडाको मिश्रणमा एक टिस्पुज तातो तेल हालिदिनुस्, पकौडा नरम हुन्छ ।
७. कुकिज स्टोर गर्ने बेला डिब्बाको मुनि टिस्यु पेपर राखिदिनुस्, ज्यादा समय फ्रेस रहन्छ ।
८. च्याउ स्टोर गर्न प्लास्टिकको ब्यागको सट्टा पेपर ब्यागको प्रयोग गर्नुहोस्, लामो समयसम्म च्याउ फ्रेस रहन्छ ।
९. भिन्डी (रामतोरिया) को तरकारी बनाउने बेला थोरै दली हालिदिनुस, तरकारी भाँडामा लाग्दैन ।
१०. खुर्सानीको धूलो डिब्बामा भर्नुअघि थोरै हिंग हालिदिनुस्, कीरा लाग्दैन ।
११. दही जमाउने बेला थोरै नरिवलको टुक्रा राखिदिनुस्, धेरै समय ताजा रहन्छ ।
१२. पनिरलाई पानीमा राखेमा चाँडै खराब हुँदैन ।
१३. सुन्तला र टमाटरलाई दुई मिनेट तातो पानी र फेरि दुई मिनेट चिसो पानीमा हालिदिनुस् । टमाटर र सुन्तलाको केस्रा सजिलै आउँछ ।
१४. फ्रेन्च फाइस भुट्नुअघि आलु र थोरै मैदा हालिदिनुस्, क्रिस्पी बन्छ ।
१५. ब्राउन सुगरको प्लास्टिकको ब्यागमा हालेर फ्रिजमा राखिदिनुस्, चिनी आपसमा टाँसिदैन ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्