Logo
|| May 10, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एशियाका सबैभन्दा मोटी महिलाको गरियो सर्जरी, घटाइयो २१४ किलो

एशियाकी सबैभन्दा मोटी महिला अमिता राजानीको सर्जरी गरिएको छ । ३ सय किलोकी अमिता अब ८६ किलो भएकी छिन् । ४ वर्षमा दुई पटक सर्जरी गरेर उनको यो तौल घटाइएको हो ।

अमिताको सर्जरी २० जना चिकित्सकको टोलीले गरेको हो । सन् २०१५ मा उनको पहिलो मेटाबोलिक सर्जरी गरिएको थियो । सन् २०१७ मा उनको दोस्रो ग्यास्ट्रिक बाइपास सर्जरी गरिएको थियो । अमिताको पहिलो सर्जरीमा १४० किलो तौल घटाइएको थियो ।

२१४ किलो तौल घटाएपछि अमिता राजानीले आफ्नो जीवनमा निकै उल्लास आएको बताएकी छिन् । त्यसघि विस्तारामा सिमित आफू अहिले एक्लै घुमफिर समेत गर्न सक्ने उनले बताएकी छिन् । ३ सय किलोकी हुँदा अमिताले खाना पनि आफैं खान सक्दिनथिन् ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार १२:५७

प्रतिक्रिया दिनुहोस्