Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मिस नेपाल-२०१९’ यस्ती छिन् विजेता अनुष्का श्रेष्ठ (हेर्नुस् थरी-थरीका तस्विर)

काठमाडौं : मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । अस्ट्रेलियाको बैँकबाट राजीनामा दिएर आएकी २३ वर्षीया श्रेष्ठ यस वर्षकी मिस नेपाल वर्ल्ड-२०१९ घोषित भएकी हुन् ।

बुधबार कीर्तिपुरस्थित ल्याब स्कुलमा भएको फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् । उनी अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक हुन् ।

श्रेष्ठ कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत रहेकै बेला मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा छनोट भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड-२०१८’ की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् । श्रृखला पढाईले आर्किटेक्चर हुन् ।

यस्तै ‘मिस नेपाल युनिभर्स’ को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् । ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले पारिन् । मिस नेपाल अर्थको उपाधि भने रिया बस्नेतले जितिन् ।

 

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्