Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौठो संसार : जहाँ मानिसहरु एक पटक सुते पछि महिना दिनसम्म पनि उठदैनन् 

काठमाडौ :  सामान्यतया एक स्वस्थ मानिसले दिनमा ८ घण्टा सुत्नु राम्रो हुन्छ । यदी तपाई दिनमा ६ घण्टा भन्दा कम सुत्नुहुन्छ भने त्यो स्वास्थ्यका लागि गलत हो ।

तर दिनमा ८ घण्टा भन्दा धेरै सुत्नु राम्रो हुँदन तर सुताई उमेरमा भर पर्ने कुरा हो । हामीले भनेको ८ घण्टा एक वयस्क व्यक्तिका लागि हो । सुत्ने कुरामा बच्चा धेरै सुत्नुपर्दछ भने बृद्ध अवस्थामा कम सुत्दा पनि फरक नपर्ने जानकारहरु बताउँछन् ।

सुत्ने कुरामा वर्तमान समयमा एक अजिब गाउँ फेला परेको छ । काजगिस्तानको एक गाउँमा एक पटक सुते पछि मानिसहरु महिना दिनसम्म पनि उठदैनन् । काजगिस्तानको उत्तरी क्षेत्र कलाची गाउँका मानिसमा रहस्यमय तरिकाले सुत्छन् । जव यिनीहरु एक पटक सुत्छन तब एक महिनासम्म उठ्दैनन् । यसलाई रोग नै मानिएको छ । कलाचीमा सन् २०१० मा पहिलोपटक यस्तो भएको थियो ।

त्यसबेला बच्चाहरु अचानक स्कूलमा ढलेर निदाएका थिए । यस्ता बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । धेरै वैज्ञानिक तथा चिकित्सकले यसरी महिना दिनसम्म निदाउनुको कारण खोजिरहेका छन्  तर, पत्ता लागेको छैन । अझ अचम्मत जसलाई यो रोग लागेको छ उसलाई निदाउन लागे भन्नेसमेत थाहा हुँदैन ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्