Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाममा यी अक्षर दोहोरिएका व्यक्तिहरु हुन्छन् साह्रै भाग्यमानी

काठमाडौँ :  एक व्यक्तिको पहिचान दर्शाउने नाममा व्यक्तिको भविष्यका केही रहस्यहरु लुकेर रहेका हुन्छन् । जब व्यक्ति जन्मन्छ तब उसको नाम राखिन्छ । हिन्दु धर्म अनुसार व्यक्तिको नाम जन्मकुण्डली अनुसार जुराइन्छ ।

सोही नामले व्यक्तिले आफुलाई चिनाउने सफल हुन्छ । यद्यपी कुनै व्यक्तिको नामका अक्षरहरु दुई पटक सम्म दोहोरिएका हुन्छन् । कसैको एक पटक मात्रै हुन्छ । आज हामी तपाईहरुलाई एक अक्षर दुई भन्दा बढी दोहोरिएकाहरुको जीवनमा पर्ने प्रभाव बारे बताउन गइरहेका छौँ ।

A, I, J, Y, Q :  यदि कुनै व्यक्तिको नाम  A, I, J, Y, Q जस्ता अक्षरहरु दोहोरिएर आएको हुन्छ भने त्यस्ता व्यक्तिलाई निकै महत्वकांक्षी मानिएको छ भने उनीहरु अरुप्रति निकै दया भाव दर्साउँने गर्छन् ।

B, R, K  :  B, R, K जस्ता अक्षरहरु नाममा दोहोरिएर आएका व्यक्तिहरु संवेदनशी हुने र मानसिक रुपमा आफुलाई असुरक्षि भएको महसुस गर्ने गर्छन् ।

C, G, S, L  :  C, G, S, L अक्षरबाट नाममा दोहोरिएर आएका व्यक्तिहरु निकै सुन्दर र सालिन हुने गर्छन् । उनीहरु तत्काल आफुलाई अरु माझ चिनाउन सफल हुन्छन् ।

D, M, T :  यदि कुनै व्यक्तिको नाममा यी D, M, T अक्षरहरु दोहोरीएर आउँछन् भने त्यस्ता व्यक्तिहरु निकै मेहनती हुने गर्छन् । उनीहरु अरुको अडानमा बस्न चाहदैनन् । आफै व्यपार व्यवसाय गरेर उन्नती प्रगती गर्न चाहन्छन् ।

E, N, H, X : अक्षरमा नाममा दोहोरिएर आउँछ भने ती व्यक्ति धनवान हुने अनुमान धर्मशास्त्रले गरेको छ । साथमा ती व्यक्तिहरु अरुलाई केयर नगर्ने किसिमका हुन्छन् ।

V, U, W :  यदि कुनै व्यक्तिको नाममा V, U, W अक्षरहरु दोहोरिएका छन् भने ती व्यक्तिहरु जस्तोसुकै परिस्थितीमा पनि पछि नहट्ने निडर स्वभावका हुन्छन् । उनीहरु जीवनभरी सौभाग्यशाली हुने मान्यता रहेको छ ।

O, Z : यी अक्षरहरु कुनै व्यक्तिमा नाममा दोहोरिएर आउँछ भने ती व्यक्तिहरु पढाई लेखाईमा उन्नती र प्रगति गर्ने हुन्छन् । O, Z अक्षर नाममा दोहोरीएर आउने व्यक्तिहरु नै पढाई लेखाइमा अग्रसर हुने गर्छन् ।

P, F : यी अक्षरहरु कुनै व्यक्तिको अंग्रेजी नाममा दोहोरिएर आउँछ भने ती व्यक्तिहरु व्यापार व्यवसायमा उन्नती प्रगती गर्ने हुन्छन् । उनीहरुले सोचेको हरेक कार्य सफल हुने भएकाले भाग्यमानी मानिन्छ ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्