Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर पक्राउ

एजेन्सी : भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् ।  बयान लिनका लागि उनलाई सोधिएका प्रश्नहरुमा उनले मौन बसेर कुनैपनि प्रश्नको उत्तर नदिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

आफूमाथी लागेको आरोप अस्विकार गर्दै आएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो, भने शुक्रबार उनिसँग बयान लिने प्रयास गरिएको थियो ।  प्रश्नहरुको उत्तर नदिने उनको निर्णयलाई “मौन बस्न पाउने अधिकार”को अभ्यासका रुपमा लिइएको छ ।

उनले पक्राउ परेपछिको रात संघीय प्रहरी मुख्यालयको हिरासत कक्षमा विताउनु भएको अधिकारीहरुले जनाएका छन् । उनलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको थियो ।

राजनीतिकर्मी र कर्मचारीतन्त्रका बिचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पूर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बनेका थिए । पदमा बहाल रहेकै बेला उनलाई भ्रष्टाचारको आरोप लागेपछि पदमुक्त भएका थिए ।

उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । यस्तै आरोप अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन् ।

 

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्