Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटोपनबाट छुटकारा पाउन गर्नुहोस् यी ५ बियाँको प्रयोग जसले गर्छ तौल घट्नमा मद्धत

मनिसहरु कतिपए अवस्थामा आफ्नो मोटापनका कारण तनाबमा भईरहेका हुन्छन् । खानपान र रहन सहनका कारण चाहिने भन्दा बढि मानिसहरुमा मोटोपन भएको हुन्छ । यस्तै मोटोपनका कारण पताईहरु हैरान अथवा लज्जीत हुनु हुन्छ भने आज हामी तपाईहरुलाई यस्तो घरेलु उपाएको बारेमा जानकारी दिन चाहन्छौं । जसको दैनिक प्रयोगले तपाईहरुको मोटोपन सहजै हटाउन सकिन्छ ।

तपाईहरुले दैनिक यी ५ बियाँको प्रयोग गर्नु भयो भने आश्चर्यजनक रूपमा तौल घटाउन मद्धत गर्दछ ।

१. फर्सीको बियाँ
एदि तपाईले आफ्नो मोटोपन कम गर्न छ भने यसको लागी बियाँ फर्सीको बियाँ दैनिक खानु पर्दछ । फर्सीको बियामा प्रयाप्त मात्रामा भिटामिन बी कोम्प्लेक्स, भिटामिन ई, एन्टी अक्सीडेन्ट, क्याल्शियम, आइरन, पोटाशियम जस्ता गुण पाईन्छ । यसको सेवन गर्नाले वजन पनि कम गर्छ ।

२. अर्सीको बियाँ
अर्सीको बियाँ अर्सीको बियाँमा भिटामिन बी, म्याग्नेशियम, मैंगनीज, ओमेगा९घ फ्याटी एसिड र फाइबर अधिक मात्रामा पाईन्छ । जसले पेटलाई लामो समय सम्म भरिएको महसूस गराउँछ । यसबाट तपाई बढी खाना खानबाट बँच्नुहुन्छ र फलस्वरूप वजन घट्न थाल्छ । यसलाई सलादमा मिलाएर खान सक्नुहुन्छ ।

३. मेथीको बियाँ
तरकारीमा प्रयोगहुने मेथीदाना मोटोपन घटाउन पनि काम लाग्छ । मेथीको बियाँमा घुलनशील डायटरी फाइबर हुन्छ र यसले कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यसको सेवनले हाम्रो वजन घट्नुको साथै वजन बढ्नबाट रोक्छ ।

४. तिलको बियाँ
तिलको बियाँमा एलडीएल कोलेस्ट्रोललाई कम गर्ने क्षमता हुनुको कारण यसले मुटुलाई स्वस्थ बनाइ राख्नुको साथै यसको सेवनले वजन घटाउन पनि मद्दत मिल्छ ।

५. सूर्यमुखीको बियाँ
सूर्यमुखीको बियाँमा प्रशस्त मात्रामा भिटामिन बी, भिटामिन ई र म्याग्नेशियम पाईन्छ, जसले कोर्टिसोल हार्मोनलाई कम गरी अतिरिक्त वजन बढ्ने प्रक्रियालाई रोक्न मद्दत गर्छ ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्