Logo
१५ बैशाख २०८१, शनिबार
(March 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोपनीयतालाई सौदाबाजी गरेको भन्दै ह्वाट्सएप संस्थापकले भने, फेसबुक डिलिट गर

हाल फेसबुकको स्वामित्वमा रहेका लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपका सह-सस्थापक ब्रायन ऐक्टनले सबै फेसबुक प्रयोगकर्तालाई आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्न अपिल गरेका छन् ।

हालै विद्यार्थीहरुसँग कुराकानी गर्दै उनले सबैले फेसबुक डिलिट गर्नुपर्ने बताएका हुन् । हाल ह्वाट्सएपको प्रतिस्पर्धीको रुपमा उदाइरहेका गैर नाफामूलक कम्पनी सिग्नलको नेतृत्व गरिरहेका ऐक्टनले फेसबुक सिइओ मार्क जुकरबर्गमाथि गम्भीर आरोपसमेत लगाएका छन् ।

फेसबुक सीईओ मार्क जुकरबर्गले कम्पनीको फाइदाका लागि फेसबुकमा विज्ञापनलाई बढावा दिइरहेको र प्रयोगकर्ताको गोपनीयताको सौदाबाजी गरेको उनको आरोप छ ।

मानिसहरुलाई फेसबुक बहिष्कार गर्न अनुरोध गर्दै उनले आफ्ना डिभाइसबाट फेसबुक र यससँग सम्बन्धित एपहरु समेत डिलिट गर्न भनेका छन् ।

पछिल्लो समयमा प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग भएका एकपछि अर्को खबरसँगै दबाबमा परेको फेसबुकका लागि ह्वाट्सएपका सहसस्थापकको यस्तो आरोपले झनै धक्का लागेको टिप्पणी गरिएको छ ।

विद्यार्थीहरुको एक भेलालाई सम्बोधन गर्दै ऐक्टनले गुगल तथा फेसबुक जस्ता ठूला कम्पनीहरुमाथि धावा बोल्दै उनीहरुले पैसा कमाउनका लागि प्रयोगकर्ताका डाटाहरु बेचिरहेको आरोप लगाए ।

फेसबुकमाथि ऐक्टनले हमला गरेको यो दोस्रोपटक हो । गत वर्ष उनले फेसबुकमा लेखेका थिए, ‘यो समय हो । #delete facebookÚ ।उनले त्यस्तो लेखेको केही समयपछि फेसबुक क्याम्ब्रिज एनालिटिका काण्डमा फस्यो ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावका क्रममा ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटाको दुरुपयोग गरिएको खुलासा भयो ।स्मरणरहोस् ब्रायन ऐक्टनले सन् २०१४ मा १४ अर्ब डलरमा ह्वाट्सएप फेसबुकलाई बेचेका थिए ।

सन् २०१७ मा उनी ह्वाट्सएपबाट अलग भए । उनले ह्वाट्सएपलाई पूर्णरुपमा विज्ञापन मुक्त राखेका थिए । तर पछि फेसबुकले ह्वाट्सएपलाई पनि विज्ञापनको साधनका रुपमा प्रयोग गरेपछि उनले फेसबुक डिलिट गर्ने अभियानको अपिल गर्न थालेका हुन् ।

प्रकाशित मिति: Mar 17, 2019

प्रतिक्रिया दिनुहोस्