Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आठौ राष्ट्रिय खेलकुद महोत्सव अन्तरगत कराते छनोटमा सिन्धुपाल्चोकलाई धेरै पदक

आठौ राष्ट्रिय खेलकुद महोत्सव ३ नम्बर प्रदेश अन्तरगत कराते छनोट प्रतियोगितामा सिन्धुपाल्चोकका खेलाडी हरुले बिभिन्न पदक जितेका छन् । जसअन्तरगत बिजय श्रेष्ठले ५५ केजीमा स्वण पदक, राजकुमार श्रेष्ठले ६० केजीमा रजत, मनिषा मोक्तानले ६८ केजीमा रजत, कोपिला बुढाथोकीले ४५ केजीमा कास्य पदक हात पारेका हुन् । त्यसैगरी पुरुष टीममा, मीन बहादुर थामी, राजकुमार श्रेष्ठ, निमा नाम्ङेल शेर्पा रहेका छन ।

नेपाल कराते महासंघका पुर्ब केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री गङ्गालाल श्रेष्ठले सिन्धुपाल्चोकका खेलाडीहरुले जिल्लाकै नाम रोशन गरेकोमा बधाई दिएका छन् ।

‘धेरै दुख संघर्षगर्दै आफ्नै दाना-पानी खाइ, आफ्नै ब्यक्तिगत लगानीमा नाम चै हाम्रो सिन्धुपाल्चोकको रोशन गर्न सफल भएको बधाई’ उनले भनेका छन् ‘सम्पुर्ण बिजेता भाइ-बहिनीहरुलाइ हार्दिक बधाई अनि धन्यवादका साथै आउदो राष्ट्रि कराते प्रतियोगितामा पनि अझ धेरै सिन्धुपाल्चोकको नाम राख्न सफल होस शुभकामना ।’ उनले जिल्ला र प्रदेशबाट पाउने सुबिधापनि अबसरवादीहरुलाई भन्दा यस्ता खेलाडीहरुलारुलाई दिनुपर्नेमा जोड समेत दिएका छन् ।

आठौं राष्ट्रिय प्रतियोगिताको कराते विधामा प्रदेश न।३ को कराते छनौट प्रतियोगिता नुवाकोटको बडर मिनि कपर्डहलमा भएको २५ देखि२८सम्मको अन्तिम दिन आज काभ्रे जिल्ला टिम प्रथम ललितपुर जिल्ला टिम द्वितीय र काठमाडौ जिल्ला टिम तृतीय भएको छ ।

रामेछाप जिल्लाले स्वर्ण २, सिन्धुपाल्चोकले स्वर्ण १, रजत २, कास्य २, नुवाकोट जिल्लाले स्वर्ण १, रजत २, कास्य ३, मकवानपुरले स्वर्ण १, सिन्धुलीले रजत १, कास्य ४, भक्तपुरले सिल्बर ४, कास्य २, प्राप्त गर्न सफल भएको छ ।

 

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्