Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

#FacebookDown को समस्या समाधान : फेसबुकमा आएको थियो अहिलेसम्मकै ठूलो समस्या

दुनियाँकै सबैभन्दा ठाुलो सामाजिक सञ्जला मानिने फेसबुकमा अहिलेसम्मकै गम्भीर समस्या आएको छ । जसका कारण फेसबुक, म्यासेन्जर र वट्स्ऐपमा समस्या देखिएको हो । यो तिनवटैको एउटै सर्वर हो र सरवरमै समस्या आएको बताइएको छ । विश्वभर फेसबुक प्रयोगकर्ताको एकाउन्ट खुलेका छैनन् र खुलेकाले पनि राम्रोसँग काम गरेका छैनन् । यद्यपी, बिहिबार बिहानदेखि यो खुलेको छ अर्थात समस्या समाधान भएको छ ।

फेसबुकसँगै इन्स्टाग्राम तथा ह्वाट्सएप पनि डाउन भएका छन् । बुधबार रातिदेखि समस्या देखिएको हो । केही क्षेत्रको समस्या समाधान भएको छ । तर अझै पनि नेपालसहित विश्वभर फेसबुकसहितका सामाजिक सञ्जाल डाउन भएका छन् । फेसबुकले समस्या समाधानका लागि तत्कालका लागि आफ्नो प्लेटफर्म डाउन भएको र केही समयमै समस्या समाधान हुने बताएको छ । फेसबुकको एप्लिकेशन प्रयोगमा समस्या भएको देखिएको छ ।

सुरुमा केही फेसबुक प्रयोगकर्ताले समस्या बारे बताएका थिए । त्यसपछि समस्या बिस्तारै अधिकांश प्रयोगकर्तामा फैलिएको हो । यस्तो समस्या यसअघि सन् २००८ मा देखिएको थियो र त्यो बेला फेसबुकका प्रयोगकर्ता विश्वमा १५० मिलियन थिए । अहिले विश्वभर फेसबुकका मासिक प्रयोगकर्ता २.३ बिलियन रहेका छन् ।

समस्याको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो समस्या नेपाली समय अनुसार बुधबार राति पौने १० बजेदेखि सुरु भएको हो । फेसबुक र इन्स्टाग्राम डाउन भएपछि धेरै ट्वीटर तर्फ मोडिएका छन् र उनीहरुले मजाक गरिरहेका छन् । अहिले ट्वीटरमा ह्यासट्याग फेसबुक डाउन र ह्यासट्याग इन्स्टाग्राम डाउन प्रयोग गरि पोस्ट भइरहेका छन् ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्