Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘द कपिल शर्मा शो’ बाट हटाइए नवजोत सिद्धू

एजेन्सी  :  द कपिल शर्मा शो’बाट नवजोत सिंह सिद्धूलाई निकालिएको छ । यद्यपी पलुवामा हमलापछि एक विवादास्पद अभिव्यक्ति दिएपछि उनी अफ्ट्यारोमा परेका थिए ।

सिद्धूले भनेका थिए, ‘आतंककारीको कुनै देश हुँदैन ।’ सिद्धूको यस अभिव्यक्तिको अहिले भारतभर कडा आलोचना भइरहेको छ ।

देशका केही भागमा सिद्धूको विरुद्धमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले उनको मन्त्री पदको राजीनामासमेत मागेका छन् । अभिव्यक्तिकै कारण विरोधले उग्ररुप लिएपछि शनिवार च्यानलले ‘द कपिल शर्मा शो’बाट हटाएको जानकारी दिएको हो ।

पुलवामा आतंकवादी हमलापछि पाकिस्तानको पक्ष लिएको आरोप सिद्धूमाथि लागेको छ । खबरका अनुसार उनलाई सोनी टेलिभिनले बिदा गरेको हो । बताइएअनुसार नवजोत सिद्धूको स्थानमा अब अर्चना पूरण सिंह आउनेछिन् । अर्चनाको उपस्थितिमा शोका लागि दुई एपिसोडको शूटिङ भइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पुलवामा सीआरपीएफ जवानमाथि पाकिस्तानले हमला गरेको थियो । जसमा ४० भारतीय सैनिकले ज्यान गुमाएका छन् । यसै हमलापछि सिद्धूले विवादित अभिव्यक्ति दिएका थिए ।

अभिव्यक्तिमा सिद्धूले भनेका थिए, ‘मुट्ठीभरका मानिसका लागि पूरा देशलाई जिम्मेवार कसरी ठहर्‍याउन सकिन्छ । तपाईं यस हमलाको दोष पूरै देशलाई दिन सक्नुहुन्न । पूरा देश वा कुनै एक जनालाई यसको दोष दिनु ठीक होइन ।’ मानिसहरुले यसलाई पाकिस्तान तर्फबाट आएको भन्दै उनको सामाजिक सञ्जालमा तीव्र आलोचना गरिरहेका छन् ।

सिद्धूको यस अभिव्यक्ति भाइरल भएपछि मानिसहरुले उनलाई ‘द कपिल शर्मा शो’बाट निकाल्न माग गरेका थिए । सामाजिक सञ्जालमा उनले पाकिस्तानी आर्मी चीफसँग गला मिलाएको फोटो भाइरल भएको छ ।

टिभीको सबैभन्दा धेरै टीआरपी भएको यस शोबाट सिद्धूलाई निकालेपछि धेरैखाले टिप्पणीहरु आइरहेको छ । तर सोनीले भने अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्