Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूचना छपाएर चरित्र हत्या गरेको भन्दै एभिन्युज टिभीविरुद्ध पत्रकार महासंघमा उजुरी

काठमाडौँ : केही समय अघिमात्र एभिन्युज टेलिभिजन छाडे‍का तीन जना पत्रकारले उक्त टेलिभिजनले पत्रिकामा सूचना निकालेर आफूहरुको चरित्र हत्या गरेको भन्दै नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् ।

सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको उनिहरुको आरोप छ। एभिन्युजले टेलिभिजनले पत्रकारत्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालको नाममा सुचना निकालेको थियो।

उजुरी दिनेमध्येका एक दीपक अर्यालले सुनियोजितरुपमा एभिन्युज टेलिभिजनले चरित्र हत्या गर्न खोजेको आरोप लगाए। ‘बिना जानकारी एक्कासी पत्रिकामा आफ्नै बारे सुचना छापिँदा मानमर्दन र चरित्र हत्या भएको अनुभव भएको छ’, अर्यालले भने।

महासंघले टेलिभिजन ब्यवस्थापनबाट भएको यस किसिमको गतिविधीमा कडारुपमा प्रस्तुत हुनुपर्ने उनीहरुको माग छ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्