Logo
१५ बैशाख २०८१, शनिबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपाल आइडल-लाइभ इन सिड्नी’ शुक्रवार भब्यरुपमा सम्पन्न

सिडनी : रियालिटी शो नेपाल आइडल सिजन-२ बिजेता रवि ओड सहित टप ६ को ‘लाइभ इन सिड्नी ’ कार्यक्रम शुक्रवार भब्यरुपमा सम्पन्न भएको छ । नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको कार्यक्रममा नेपाल आइडल-२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६ गायक-गायिकाहरुले प्रस्तुति दिएको नेपाली टचका फाउनडर दिपेश पुनले जानकारी दिए ।

कार्यक्रममा नेपाल आइडल सिजन-२ का विजेता रवि ओडले‘ पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ लगायत ४, ५ प्रस्तुति दिएका थिए । यस्तै बिक्रम बरालले ‘सालैजू’ लगायत ४-५ वटा प्रस्तुति दिएका थिए । त्यस्तै सुमित पाठक अस्मिता अधिकारी, अमित बराल र पवन गिरीले पनि आ-आफ्नो बेजोड प्रतुति दिए ।

सो क्रममा सिडनीका स्थानीय कलाकारहरु सुगम जोशी, सुबास जे खरेल र सुमेश मानन्धरलगायतले प्रस्तुती दिएका थिए ।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्