Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमाली जिल्ला सहित देशभर भारि हिमपात (हेर्नुस ९ तस्विर)

हिमाली जिल्ला सहित देशभर भारि हिमपात भएको छ । नागरिक टाइम्सले हिमपात भएको बिभिन्न स्थानका तस्विरहरुलाई संग्रह गरि तपाईहरुमाझ पस्किने जर्मको गरेको छ ।

हेर्नुस यी तस्विरहरु :

हिउँ खेल्न गएकाहरु सामूहिक तस्वीरमा : जुम्लामा हिमपात भएपछि हिउँमा खेल्न गएका स्थानीयवासी सामूहिक तस्बिरमा । तस्वीर : विजय रावत, खलंगा (जुम्ला)
हिउँसँग रमाउँदै बालबालिका : जुम्लामा हिमपात भएपछि हिउँसँग रमाउँदै स्थानीय बालबालिका ।
मुगुमा हिमपात : मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका वडा नं  तलितुम तलितुम गाँउमा आइतबार र सोमबार भएको हिमपात ।
मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका वडा नं ७ तलितुम गाँउमा आइतबार र सोमबार भएको हिमपात ।
मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका वडा नं ७ तलितुम गाँउमा आइतबारदेखि लगातार हिमपात भएपछि जनजीवनमा प्रभाव परेको छ ।
डोटीको अत्तरिया स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा आइतबार रातिदेखि हिमपात भएका कारण जनजीवन प्रभावित हुनुका साथ यातायातका साधन आवतजावतमा समस्या भएको छ ।
हुम्लामा हिमपात हुनुको साथै यहाँ चिसो अत्याधिक रुपमा बढेको छ । हिमपातमा र चिसोमा पनि एसईई परिक्षाको तयारीका लागि विहान पढ्न जान लागेका बिद्यार्थी ।
हुम्लामा हिमपात हुनुको साथै यहाँ चिसो अत्याधिक रुपमा बढेको छ । हिमपात र चिसोमा पनि एसईई परिक्षाको तयारीका लागि विहान पढ्न जान लागेका बिद्यार्थीहरु ।
हुम्लामा हिउँले ढपक्कै ढाकेको सिमकोट बजार । हुम्लामा गत शनिवार देखि परेको हिमपातले यहाँको जनजीवन प्रभावित बनाएको छ ।

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्