Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाशिवरात्रिका लागि पशुपति आइपुगे नागा बाबाहरू (तस्बिरहरू)

महाशिवरात्रिका लागि पशुपति आइपुगे नागा बाबा (तस्बिरहरू)
 महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन् ।

अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।

महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका चहलपहल बढेको पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिमा सुरक्षित तवरले मन्दिर दर्शनको व्यवस्था मिलाइएको दाबी गरेको छ ।

प्रकाशित मिति: Mar 6, 2024

प्रतिक्रिया दिनुहोस्