Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चीत गीतकार डा.डीआर उपाध्यायको ‘जुगौं जुग…’ (भिडियो सहित)

काठमाडौं : एकपटक सात एल्बम स्रोतामाझ ल्याएर चर्चामा आएका गीतकार डा. डीआर उपाध्याय ‘जुगौं जुग…’ भन्दै पून दर्शक माझ आएका छन् । सनुप पौडेलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको ‘जुगौं जुग जूनताराकी सहेली तिमी…’ गीतको भिडियो लिएर स्रोता र दर्शकमाझ डीआर आएका हुन् ।

डीआरको ‘सहेली’ एल्बममा रहेको यो गीत अनुसारको भिडियो पनि निर्माण भएको छ । भिडियो निकै तामझामका साथ निर्माण भएको छ । बसन्त सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा डा. उपाध्याय आफैँ र रिचा थापा फिचरिङ छन् ।

अर्जुन सापकोटाले खिचेको गीतको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् । साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो । उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो ।

देशको सातै प्रदेशमा ‘प्रतिनाद साङ्गीतिक यात्रा’ गर्न लागेका डीआरले यसको सुरुवात पूर्वबाट गरिसकेका छन् । पूर्वको यात्रामा डा. डीआर उपाध्याय, गीतकार सुरेश घिमिरे ‘निश्चिन्त’, गायिका निशा देशार, सङ्गीतकार सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’लगायतका थिए ।

उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् भने गीत एल्बम ‘प्रणय’ उनको पहिलो एल्बम हो ।

https://youtu.be/IkoDzCyxbqw

 

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्