Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘साइँली’को पहिलो गीत ‘नाच माया’ सार्वजनिक (भिडियो)

काठमाडौं : सुपर हिट गीत ‘साइँली’मा आधारित रहेर निर्माण भएको चलचित्र ‘साइँली’को पहिलो गीत सार्वजनिक भएको छ ।

‘साइँली’ गीतका गायक तथा यस चलचित्रका निर्माता समेत रहेका हेमन्त रानाको जन्मदिनको अवसरमा गीत सार्वजनिक गरिएको हो । आइतबार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रका सम्पूर्ण कलाकारको बिचमा गीत सार्वजनिक गरिएको हो ।

‘नाच माया’ बोलको गीतमा सुशान्त गौतमको सङ्गीत, हर्क साउँदको शब्द तथा गायक हेमन्त रानाको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, केनिपा सिंहले नृत्य गरेका छन् ।

भिडियोमा बिहेको माहौललाई देखाइएको छ ।बैदेशीक रोजगारीको कथामा निर्माण भएको चलचित्रलाई समाजिक कथावस्तुलाई पर्दामा उतार्न सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

लचित्रलाई गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । कार्यक्रममा हेमन्त उपस्थित नहुदा आफुलाई अधुरो महसुस भएको गौरव बताउछन् । ‘हेमन्तको आज जन्मदिन , उसलाई उपहार स्वरुप हामीले गीत रिलिज गरेका हौँ । हेमन्त नहुदा आधा भएको जस्तो महसुस भइरहेको छ । ’ कार्यक्रममा बोल्दै गौरव भन्छन् ।

हमेन्त हाल अमेरिकामा छन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ, गौरव, मेनुका, केनिपाको अलावा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको साइँलीमा  बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने मणिराम पोखरेल यसका कार्यकारी निर्माता हुन् ।

https://youtu.be/XSurIJbKv9Q

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्