Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेङ्ग वान्खामाथि गम्भीर आरोप, ३० वर्ष जेल सजाय हुने सम्भावना

चिनियाँ टेलिकम तथा मोबाइल जाइन्ट हुवाईका संस्थापकी छोरी तथा कम्पनीकी प्रमुद फाइनान्सियल अफिसर मेङ्ग वान्खामाथि ३० वर्षसम्मको जेल सजाय हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरमा पक्राउ परेकी मेङ्गको धरौटी सम्बन्धी सुनुवाई शुक्रबार भयो । हुवाई र स्काइकमबिचको सम्बन्धका बारेमा गम्भीर आरोप रहेको सुनुवाईको क्रममा देखिएको छ । हुवाई र स्काइकमले इरानमा व्यवसाय गरेको थियो । समाचार संस्था एपीका अनुसार मेङ्गले सुनुवाईको क्रममा दुई कम्पनी भिन्दा भिन्दै रहेको बताएकी थिइन् ।

तर अमेरिकाले भने हुवाई र स्काइकम सम्बन्धित रहेको बताएको छ । यसले गर्दा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाईको गतिविधिले उल्लंघन भएको अमेरिकाको दाबी छ । मेङ्गमाथि लागेका आरोप प्रमाणित भएमा अधिकतम ३० वर्षसम्म जेल सजाय हुने व्यवस्था रहेको बिबिसीका डेविड लीले बताएका छन् ।

मेङ्गलाई गएको शनिबार नै स्थानीय अधिकारीले क्यानडाको भ्यानकुभरमा पक्राउ गरेका थिए । शुक्रबार मेङ्गको धरौटी सम्बन्धी सुनुवाई भएको छ । तर अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा नगर्ने बारे निर्णय गरिसकेको छैन । चीनले मेङ्गलाई रिहा गर्न माग गरेको छ । उनले कुनै पनि कानुन उल्लंघन नगरेको चीनको दाबी छ ।

प्रकाशित मिति: Dec 8, 2018

प्रतिक्रिया दिनुहोस्