Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मकै खानुको फाइदा अब बुज्नुहोस्, साथै क्यान्सर भगाउने सजिलो घरेलु उपाय पनि

पोषण र खाद्य सुरक्षाका दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ मकैलाई पहाडी र हिमाली क्षेत्रका बासिन्दाले विस्तारै गाईभैंसी, खसीबोका र कुखुरालाई खुवाउन प्रयोग गर्न थालेका छन् ।

अहिलेको मौसममा मौसम बदलिरहेको छ । वर्षाको मौसममा तपाईँलाई सबैभन्दा बढी के खान मन पर्छ ? प्रायः जसोले वर्षाको मौसममा तातो-तातो पकोडा, कफी वा चिया खान मन पराउँछन् तर बर्षायाममा पोलेको मकै खानुको छुट्टै आनन्द छ । हामी रहरले पोलेको मकै खाने गर्छौँ ।

किनभने पोलेको मकैको स्वाद नै मिठो हुन्छ । मधुरो आगोमा पोलेको मकैमा नुन र कागती हालेर खाँदा त्यसको स्वाद अझ बढ्छ । तर, कहिल्यै सोच्नु भएको छ पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कतिको फाइदा हुन्छ भनेररु आयुर्वेदमा मकै खानुको अनेक फाइदा हुन्छ भनेर उल्लेख गरिएको छ ।

पोलेको मकै खानाले प्यास लागेको बेला पानीको मात्रा पुरा गर्छ । मकै एक यस्तो तत्व हो जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको मकैमा क्यारेटोनोइड र भिटामिन ए को राम्रो स्रोत हुन्छ ।

पोलेको मकै खानुको फाइदा :

पोलेको मकै खानाले दाँत बलियो हुन्छ, मकै खाइ सकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ । त्यति मात्र नभई मकैको खोयालाई सुखाएर जलाएर त्यसको धुँवा सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ ।

पोलेको मकैमा पर्याप्त मात्रामा एन्टी-अक्सीडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग पनि लड्नमा मद्दत गर्छ । बच्चाहरुको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ त्यसैले पोलेको मकै खाँदा मुटुपनि स्वस्थ रहन्छ ।

मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ । पोलेको मकैको सेवनले हड्डी मजबुत हुन्छ । मकैमा पर्याप्त म्याग्नेसियम, आइरन, कपर तथा फोस्फोरस पाइन्छ । मकैको सेवनले मृगौला स्वस्थ राख्न पनि सहयोग गर्दछ ।

पोलेको मकैको सेवनले कब्जियत, अल्सर तथा पेटको क्यान्सरको जोखिम पनि क मगर्दछ । काँचो मकैलाई छोडाएर गेडा पानीमा भिजाउने अनि अर्को दिन उक्त पानीलाई छानेर पानीमा मिश्री मिलाएर खनाले पिसाब पोल्ने जस्ता समस्या कम हुन्छन् ।

मकैमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट पाइने कारणले गर्दा यसको सेवनले हाम्रो छाला कोमल हुनुका साथै रोग प्रतिरोधी क्षमता बढ्ने र बुढ्यौलीका लक्षण छिटो देखिने समस्या कम हुन्छ । मकैमा भिटामिन सी, क्यारोटिनाइड तथा बायोफ्लेभिनोइड पाइन्छ ।

मकैको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नबाट रोक्दछ । यसले रक्तप्रवाहलाई सन्तुलित बनाउने, उच्च रक्तचापको समस्या कम गर्ने तथा मुटुलाई स्वस्थ राख्न सघाउँदछ ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्