Logo
१५ बैशाख २०८१, शनिबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै पहिलो सुपर एचडी कार्यक्रमको प्रशारण जापानले गर्दै

जापानी टेलिभिजन नेटवर्कले विश्वमै पहिलोपटक आठ हजार रिजोलुसनमा सुपर एचडी कार्यक्रम प्रशारण गर्ने भएको छ । राष्ट्रिय सार्वजनिक प्रशारण संस्था, एनएचकेले स्याटलाइटमार्फत दर्शकलाई चार हजार र आठ हजार रिजोलुसनका च्यानल देखाउने बताएको हो जसलाई जापानले ‘सुपर हाइ भिजन’ नाम दिएको छ ।

सो च्यानलको नाम बीएस८के रहेको छ जसले १२ घण्टासम्म निरन्तर प्रशारण गर्ने बताइएको छ । यसरी पहिलो सुपर एचडी च्यानलमा ‘२००१ः अ स्पेस ओडेसी’ भन्ने चलचित्र प्रशारण गरिएको हो । सो चलचित्र ६५५ मिलिमिटर लामो फिल्ममा खिचिएको हुनाले त्यसलाई सुपर एचडीमा हेर्दा ससाना दृश्य पनि प्रष्ट देखिने बताइएको छ ।

वास्तवमा सुपर एचडी स्क्रिनमा सामान्य एचडी भन्दा १६ गुना बढी अर्थात आठ हजार पिक्सेल हुन्छन् । यसैकारण अहिलेको १०८० पी एचडीको तुलनामा सुपर एचडीका चित्र त्यति नै गुना स्पष्ट देखिने बताइएको छ । तर हाल यसका लागि आवश्यक टिभी र उपकरणहरु थोरै मानिससँग मात्र रहेको छ । सामसुङ र एलजीले आठ हजार रिजोलुसनका टिभी निर्माण गरिसकेपनि अत्याधिक महङ्गो पर्ने हुँदा सबैतिर यसको उपयोग कठिन रहेको बताइएको छ ।

तरपनि जापानले भने २०२० ओलम्पिक्स खेल यही च्यानलमा देखाउने तयारी गरिरहेको बताइएको छ । प्रत्यक्ष प्रशारणले धेरै दर्शक तान्न सक्ने हुनाले सो च्यानल धेरै हेरिने अपेक्षा गरिएको एनएचकेको भनाइ छ । यसैवर्ष नेट्फिल्क्स र एमेजोनले पनि चार हजार रिजोलुसनसम्मका कार्यक्रम ल्याएका थिए तर आठ हजारको सुपर एचडी कार्यक्रम प्रशारण गर्ने जापानी टेलिभिजन विश्वकै पहिलो हो ।बीबीसी ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्