Logo
२५ बैशाख २०८१, मंगलबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुर पुगे दिल्ली, एर्यर्पोटमा बिदाईकालागि जनकपुरबाट आए मन्त्री, राज्यमन्त्रीहरु

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डल पूर्व संयोजक तथा हाल सदस्य महन्थ ठाकुर आइतबार भारतको नयाँ दिल्ली पुगेका छन् ।

रोचक कुरा त के छ भने नियमित उपचारका लागि दिल्ली तिर लागेका भनिएका ठाकुरलाई बिदाई गर्न भने प्रदेश नम्बर २ स्थित जनकपुरबाट तात्कालिन तमलोपाका नेताहरु काठमाण्डौ आएका छन् ।

ठाकुरको बिदाईका लागि भने प्रदेश नम्बर २ स्थित संसदीय दलका नेता तथा मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु सुरेस मंडल, अभिराम शर्मा, त्यस्तै सचेतक प्रमेश्वर साह लगायतका नेताहरु जनकपुरबाट काठमाण्डौ आएका हुन्।

समाजिक संजालमा भने उक्त नेताहरुले बिदाई गर्दै गरेको तस्विर निकै भाइरल भइरहेको छ । ‘चाप्लुसी’ को समेत सिमा नाघिएको हो की ‘तमलोपाको शक्ति प्रर्दशन हो’ ? भन्दै समाजिक संजाल प्रयोगकर्ताहरुले उक्त तस्विरलाई भाइरल बनाएका छन् ।

‘बिदाई गर्नकै लागि मन्त्रीहरु जनकपुरबाट काठमाण्डौंसम्म आउन भिएका छन्, प्रदेश २ का मन्त्रीहरु कति फुर्सदिला ? भन्दै एक प्रयोगकर्ताले प्रशन गर्दै भनेका छन् -‘पुर्व तमलोपा हाल राजपका नेताहरुको यो नुनको सोझो हो की हत्तास मनस्थिीती ?

यसअघी नै जाने तयरीमा रहेका ठाकुर उपचार लागि आइतबार भारत पुगेका हुन् ।

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्