Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ता : विकिलिक्स

वासिङ्टन : अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।

विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन् । तर असान्ज विरुद्धको अभियोगको प्रकृति बारे स्पष्ट हुन सकेको छैन ।

अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेश गरेको पाइयो, विकिलिक्सले ट्वीटरमा लेखेको छ । अमेरिकी सहायक महान्यायाधीवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्ज विरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताउनुभयो । उहाँले अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गर्नुभएको छ ।

मुद्दाको संवेदनशीलताका कारण गोपनीयता राख्न जरुरी भएको बताउनुभएकी ड्वाएरले असान्जलाई पक्राउ नगर्दासम्म उक्त खामबन्दी अभियोगलाई खामबन्दी नै राखिने बताउनुभयो ।

प्रकाशित मिति: Nov 16, 2018

प्रतिक्रिया दिनुहोस्