Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भिलेन’ को पहिलो गीत ‘च्यानाकुटि झ्याई’ सार्वजनिक

काठमाडौँ : पुष २७ बाट प्रदर्शनमा आउने चलचित्र ‘भिलेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । अन्जु पन्त् र रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द र लाल कुमार बरालको संगीत रहेको छ । ‘च्यानाकुटि झ्याई’ बोलको गीतमा शिल्पापोखरेल, निशा अधिकारी र कपिल खत्रीले कम्मर मर्काएका छन् ।

चलचित्र ‘भिलेन’ मा निखिल उप्रेती, शिल्पा पोखरेल, निशा अधिकारी र कपिल खत्रीको मुख्य भूमिका रहेको छ । चलचित्रलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा मौनता श्रेष्ठको लेखन,सौरभ लामा र मदन काश्यप घिमिरेको छायांकन,मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन रहेको छ ।

बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत रहेको चलचित्रमा शुक्रराज शाहको द्धन्द, दिपेन्द्र तिमल्सिना र दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ भने चलचित्रलाई श्रीराम बालाजी फिल्म्सको तर्फबाट सुनिल मानन्धरले बितरण गर्दैछन् ।

द ग्लोबल पिक्चर्स प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको चलचित्र ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन । चलचित्रमा दिपक श्रेष्ठ,सुरज खड्का र मधु केसी कार्यकारी निर्माता सँगै राजकुमार श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् ।

प्रकाशित मिति: Nov 15, 2018

प्रतिक्रिया दिनुहोस्