Logo
|| November 4, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिलन अमात्यको ‘चढ्दो उमेर’ गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियो)

 काठमाडौँ : गायिका मिलन अमात्य र गायक मोहन मगरको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘चढ्दो उमेर’ बोलको डान्सिङ्ग नम्बरमा जीबन लुइंटेलको शब्द रचना रहेको छ भने गीतमा मोहन मगरको संगीत रहेको छ ।

सुरज श्रेष्ठ र एलिना रायमाझीलाइ फिचर्ड गरिएको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । नरेन्द्र वियोगीले संगीत संयोजन गरेको गीत लोक लयमा सुमधुर बनेको छ ।

निश्चल केसीले निर्देशन गरेको भिडियोमा माला मगरको कोरियोग्राफी रहेको छ । सार्बजनिक गीत र भिडियो उत्कृस्ट बनेकोले दर्शक श्रोताले मन पराउनेमा गीतकार जीबन ढुक्क देखिएका छन् ।

प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार १७:१४

प्रतिक्रिया दिनुहोस्