Logo
१५ बैशाख २०८१, शनिबार
(October 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर विद्यालय फुटसल प्रतियोगिता शनिबार

काठमाडौँ : नर्थ वेस्टन प्राइभेट स्कूल अर्गनाइजेसन (नोप्सो) को आयोजनामा आगामी शनिबार अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ ।

स्वयम्भू ठूलो भ¥याङको बुद्धचोक फुटुल पार्कमा हुने प्रतियोगितामा उपत्यकाका १२ विद्यालयको सहभागिता रहने नोप्सोका अध्यक्ष दिलीप रेग्मीले जानकारी दिनुभयो ।

विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना हुन लागेको फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ । “विद्यार्थीबीचको सम्बन्ध सुधार तथा लुकेका प्रतिभा बाहिर ल्याउने प्रतियोगिताको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो । एक दिने प्रतियोगितामा सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिने र समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रकाशित मिति: Oct 31, 2018

प्रतिक्रिया दिनुहोस्