Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बार्सिलोनालाई पछि पार्दै एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

एजेन्सी : साबिक विजेता बार्सिलोनालाई पछि पार्दै एथ्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल सोसिडाडमाथि २–० को जित निकालेको एथ्लेटिको मड्रिड बार्सिलोनालाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि डिएगो गोडिन र फिलिपे लुइसले गोल गरे । गोडिनले ४५ तथा लुइसले ६० औँ मिनेटमा गोल गरेका हुन् । जितपछि १० खेलबाट एथ्लेटिकोको १९ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनाको १८ अंक छ ।

लिग अन्तर्गत आइतबार राति एल क्लासिको अर्थात बार्सिलोना भर्सेस रियल मड्रिड खेल हुँदैछ ।

शनिबार राति भएका खेलमा सेल्टा डी भिगोले एइबरलाई ४–०, जिरोनाले रायो भालेकानोलाई २–१ तथा लेभान्टेले लेगानेसलाई २–० ले हरायो । अर्को खेलमा एथ्लेटिको बिल्बाओ र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति: Oct 28, 2018

प्रतिक्रिया दिनुहोस्