Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसारको एकमात्र देश, जहाँ महिलाहरुले पुरुषमाथि हैकम जमाउने गर्छन्

एजेन्सी : विश्वका सबै देशहरुमा महिलामाथि पुरुषहरुले हैकम जमाउने गरेको भनाई रहेको भएपनि एउटा यस्तो देश छ जहाँका पुरुषहरु महिलाको गुलामी गर्नमा व्यस्त रहने गर्छन। पुरुषहरु महिलाका अगाडि दास जस्तै जीवन जिउन बाध्य छन् ।

यो देशको नाम हो, अदर वल्र्ड किंगडम । सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको यो देशको नाम अदर वल्र्ड किंगडम हो। यद्यपि यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता भने पाएको छैन । यो देशमा रानीको एकलौटी शासन भएकाले पनि पुरुषहरु पिछडिन पुगेका हुन्। महिलालाई एक नम्बर नागरिकको दर्जा दिने यो देशमा पुरुषहरु केवल महिलाका दास हुने गरेका छन् । अन्य देशबाट आएका पुरुषहरुले यो देशमा रानीका लागि बस्ने सोफाहरु निर्माण गर्ने काम गर्दछन् ।

यो देशमा महिलाहरुको महिलाहरुको आदेश बिना पुरुषहरुले कुनै कार्य गर्न सक्दैनन्। महिलाको अनुमति बिना कुनै कार्य गरे कडा सजाय हुने गरेको छ। श्रीमतीलाई मालिक्नीको दर्जा दीने गरिएको यो देशमा रक्सी पिउनुअघि पुरुषहरुले आफ्नी मालिक्नीको पाउमा रक्सी चढाउनु पर्दछ र मात्र रक्सी पिउन पाउँछन् ।

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्