Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलमा हाम्रो अनुहार हेर्न पनि दर्शकको भिड लगाउन सक्छ : अभिनेत्री साम्राज्ञी

काठमाडौँ : अभिनेत्री रेखा थापापछि कुनै अर्की हिरोइनको जन्म नेपाली फिल्ममा भएको छ, जो हिरोलाई चुनौती दिने आँट गर्दैछिन् । रेखा थापाले हिरो नै आफू भन्दै सिनेमामा आफूलाई नै हाबी बनाएकी थिइन् ।

रेखा थापापछि आएकी र केही बर्ष नम्बर १ को स्थानमा बसेकी प्रियंका कार्कीले आफूलाई बलियो बनाइनन् । उनले बरु चलेका हिरो र ब्यानरको पछि लागेर आफूलाई नम्बर १ हिरोइन मात्र बनाउन खोजिनन्, हिरोसँग प्रतिस्पर्धा चाहिनन् ।

प्रियंकाको अनुहार विक्न छाड्दै गर्दा उदाएकी साम्राज्ञी राज्यलक्ष्मी शाहमा अब त्यो रवाफ देखिन थालिएको छ । साम्राज्ञी नेपालमा हिरोका कारणले मात्र सिनेमा चल्ने कुरामा ठाडै धावा बोल्न थालेकी छिन् । साम्राज्ञीको यो आत्मविश्वासले काम ग¥यो भने उनी नेपाली सिनेमामा रेखा थापापछिकी सुपरस्टार अभिनेत्री हुनेछिन् ।

साम्राज्ञीले गोपिकृष्ण हलमा आयोजना भएको पत्रकार भेटघाटमा आफूले आफूलाई सधै नै माथि सोच्ने गरेको बताइन् ।अभिनेताले गर्दा सिनेमा चल्छ भन्ने निर्मातालाई ठाडै चुनौती  दिदै अब अभिनेत्री पनि सुपरस्टार छन् र उनीहरुको अनुहारले पनि हलमा दर्शकको भिड लगाउन सक्छ भन्ने साम्राज्ञीको बयान थियो ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्