Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिलिज मिति तोक्दै ‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं : दशैँमा प्रदर्शनमा आउने भनिएको प्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर  सार्वजनिक गर्दै रिलिज मिति पनि सार्वजनिक गरिएको छ । फिल्म असोज २४ गते घटस्थापनाको दिन रिलिज हुने भएको छ ।

नेपाली फिल्म व्यापारमा कीर्तिमानी कमाइ कायम गरेको फिल्मको तेश्रो श्रृखंलाको सार्वजनिक भएको ट्रेलरले फिल्ममा यस पटक नेपालको सरकारी विधालयको शैक्षिक बेथितिलाई आफ्नो कथा बनाएको देखाएको छ ।

दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ आ-आफ्नो चरित्रमा प्रस्तुत छन् । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मलाई दीपाश्री निरौलले निर्देशन गरेकी हुन् ।  फिल्ममा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् ।

 

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्