Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शारीरिक सम्पर्कपछि महिलाले भुलेर पनि नगर्नुस् यस्तो काम

महिलाहरु सधैँ आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित रहने गर्छन् । साथै उनीहरुलाई आफ्नो घरपरिवारको पनि उत्तिकै चिन्ता र जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । यद्यपि महिलाहरुले आफ्नो निजि जिन्दगीको बारेमा पनि केहि विचार भने अवस्य पुर्याउनु पर्ने हुन्छ । जसको कारण उनीहरुलाई संक्रमण हुने सम्भावना प्रवल हुन्छ ।

आज एक, डाक्टरले दिएको सल्लाह र अर्को, अनुसन्धानबाट पत्ता लगाइएका केहि तथ्यहरु ।

डाक्टरको सल्लाहले महिलाहरुलाई आफ्नो निजि जीवनको बारेमा खास ध्यान राख्नुपर्ने हुन्छ भने अनुसन्धानको अनुसार शारीरिक सम्बन्ध बनाइसकेपछि कसरी आफ्नो स्वास्थको ख्याल राख्ने भन्ने कुराको बारेमा सुझाव दिन्छ ।

पढ्नुहोस् यस्ता केही टिप्स जसले तपाईको निजि स्वास्थ्य स्थितीको ख्याल राख्न मद्दत गर्दछ ।

साबुनको प्रयोग नगर्नुस्

महिलाहरुले शारीरिक सम्बन्ध राखेपछि सरसफाईमा ध्यान दिनु जरुरी हुन्छ । उनीहरुले यस कुरालाई खास ध्यान दिनुपर्ने हुन्छ कि आफ्नो यौनअंगको सफाईको लागि कहिल्यै पनि साबुनको प्रयोग गर्नु हुँदैन ।

किनकी साबुनमा भएको केमिकल्सले भेजिनल इरिटेशन र डाइनेस जस्ता समस्या हुनसक्छ । यस्ता अंगहरु निकै संवेदनशील अंग भएको हुनाले सधैँ सफा राख्नुपर्ने हुन्छ तर साबुनको प्रयोग विनानै नत्र निकै ठूलो समस्या आउन सक्छ ।

बाथरुम जान भुल्नुहुँदैन

शारीरिक सम्बन्ध राखेको समयमा विभिन्न व्याक्टेरिया युरीनरी ट्याक्टमा जान्छ । त्यसपछि युरीनरी ट्याक्टमा इन्फेक्शनको सम्भावना एकमदै उच्च हुुन्छ । यस्तो समस्याबाट बच्नको लागि सेक्स गरिसकेपछि तुरुन्त बाथरुम जानु अनिवार्य हुन्छ । जसका कारण व्याक्टेरिया पिसाबसँगै बाहिर निस्किन्छन् र तपाई इन्फेन्शनबाट बच्न सक्नुहुन्छ ।

सफा र कटनको ‘इनर’ लगाउनुहोस्

महिलाहरुले भित्रि बस्त्र रेवन वा पोलिस्टरबाट बनेको हुन्छ । यस्ता कपडा लगाउँदा सम्बन्ध बनाउनुभन्दा पछि शरीरमा गर्मी र पसिना भित्रनै रहन्छ र बाहिर आउन पाउँदैन र पछि यिस्ट इन्फेक्शनको कारण बन्न सक्छ त्यसैले सफा र कटनको कपडाको प्रयोग गर्नु अत्यन्तै जरुरी छ ।

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्