Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 विपिन कार्की र नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘प्रसाद’को ‘लै लै’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ  : विपिन कार्की र नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘प्रसाद’ को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले मंगलबार चलचित्रको फस्टलुक सँगै ‘लै लै’ बोल रहेको गीतको लिरिकल भिडियो समेत एकसाथ सार्वजनिक गरेको हो ।

युट्युबमार्फत् सार्वजनिक भएको उक्त भिडियोमा चलचित्रका दृश्यहरु समेटिएका छन् । दृश्यमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत देखिएका छन् । निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा बोल्ने ‘प्रसाद’मा विपिन र नम्रताले दम्पत्तिको भूमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भूमिकामा देख्न सकिन्छ ।

केतन क्षत्रीले गाएको ‘लै लै’ बोलको उक्त गीत गणेश शाहीले लेखेका हुन्, भने संगीत सुवास भुसालले दिएका छन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । चलचित्रको परै मर्म ‘लै लै’ बोलको गीतले समेट्ने भएकोले नै चलचित्रको फस्टलुकसहित यो गीतलाई सार्वजनिक गरिएको निर्देशक दिनेश राउतले बताए ।

सुवास थापाको निर्माण रहेको ‘प्रसाद’को पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । चलचित्र सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असरसम्म पुर्याउन सक्छ भन्ने देखाउन खोजिएको छ । चलचित्र मंसिर २१ बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति: Sep 20, 2018

प्रतिक्रिया दिनुहोस्