Logo
|| September 13, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘इन्टु मिन्टु लण्डनमा’ अफिसियल पोस्टर सार्वजनिक

 काठमाडौँ : असोज ५ गते प्रदर्शनमा आउने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक २ पोस्टरमा चलचित्रका मुख्य पात्रहरु साम्रज्ञी राज्यलक्ष्मी शाह, डेव्यु नायक धिरज मगर, शारुक ताम्राकार, विजय लामा, दील भुषण पाठक, अर्जुन श्रेष्ठ, रुवी राणा शाह, लगायतका कलाकारलाई पोस्टरमा स्थान दिइएको छ ।

चलचित्रको सार्वजनिक गीत, संगीत र ट्रेलरले दर्शकमाझ एक प्रकारको हाइप पाइसकेको छ । जसले गर्दा निर्माण टिम चलचित्रले राम्रो व्यापार गर्नेमा ढुक्क देखिन्छ । चलचित्रकी डेव्यु निर्देशक रेनेशा वान्तवा राई चलचित्रका मुख्य कलाकारलाई लिएर मोफसलका विभिन्न सहरमा दर्शकसँग साक्षात्कार गर्नुका साथै चलचित्र प्रचार गरिरहेकी छिन् ।

आइकोर फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । चलचित्रका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७५, बिहीबार १७:०२

प्रतिक्रिया दिनुहोस्