Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एप्पलको वार्षिक लञ्चिङ इभेन्ट, डुअल सिमको पनि विशेषता, यस्तो छ मूल्य

एप्पलले आफ्नो वार्षिक लञ्चिङ इभेन्टमा पहिलो पटक दुईवटा सिम राख्न मिल्ने आइफोन बुधबार सार्वजनिक गरेको छ । कम्पनीले यो फिचर्स आइफोन एक्सएस र एक्सएस म्याक्समा दिएको छ । यस्तै, तेस्रो आइफोन अक्सआर ले एउटा सिममात्र सपोर्ट गर्नेछ । एप्पल वाचको चौथो सिरिजमा निकै ठूलो परिवर्तन गर्दै कम्पनीले नयाँ हेल्थ फिचर दिएको छ ।

यसमा ३० सेकेन्डभित्र इसिजी गर्न सकिन्छ । संसारको १६ देशमा १४ सेप्टेम्बरदेखि एप्पल वाचको बिक्री सुरु हुनेछ । यस्तै, तीन नयाँ आइफोन भने सेप्टेम्बर २८ तारिखदेखि २१ देशमा उपलब्ध हुनेछ ।

एप्पलका सिइओ टिम कुकले कार्यक्रमको कि-नोटको सुरुवात गरे । उनका अनुसार यतिबेला संसारमा दुई अर्ब आइओएस डिभाइस छ, जसले जीवनशैली परिवर्तन गरेको छ । उनले फायर, वाटर र वेपर फेस डिस्प्लेसहित एप्पत वाचका तीन भेरियन्ट पेश गरे । वाचको डिजिटल क्राउनलाई पूर्ण रुपमा पुनः डिजाइन गरिएको छ । स्पिकर पहिलेको भन्दा ५० प्रतिशत लाउड बनाइएको छ ता कि फोन कलमा पनि राम्रो आवाज सुनियोस् ।

नयाँ एप्पल वाच लगाउनेहरुको चाल पनि डिटेक्ट गर्नेछ । इमर्जेन्सी वा दुर्घटना हुँदा यसले आफन्तलाई आफै एसओएस मेसेज पठाउनेछ । सिरिज-थ्रीको तुलनामा यसमा ३५ प्रतिशत ठूलो डिस्प्ले दिइएको छ र यसको क्षमतामा पनि दोब्बर वृद्धि गरिएको छ । यसपटक वाचमा मुटुको गती मापन गर्नुका साथै इसिजीको विशेषता पनि दिइएको छ । यसको मद्दतले जता पनि ३० सेकेन्डभित्र मुटुको इसिजी लिन सकिने जसलाई एपमा देख्न सकिनेछ ।

एप्पल वाचपछि टिम कुकले आइफोन एक्सएस र एक्सएस म्याक्स सार्वजनिक गरे । उनले आइफोन विश्वकै नम्बर वान स्मार्टफोन बताए । उनका अनुसार आइफोनका प्रयोगकर्ता ९८ प्रतिशत सन्तुष्ट छन् । कुकले आइफोन एक्स (10S) लाई अहिलेसम्मको सबैभन्दा सुन्दर आइफोन बताए । यो ५.८ इन्चको रेटिना डिस्प्लेसहित गोल्ड, सिल्भर र कालो रङमा उपलब्ध छ । यसको ग्लास सबै स्मार्टफोनमा सबैभन्दा टिकाउ हुने उनले बताएका छन् ।

एप्पलका सिइओका अनुसार एक्सएस म्याक्स ६.५ इन्चको रेटिना डिस्प्ले भएकमो अहिलेसम्मको सबैभन्दा ठूलो आइफोन हो । यो कुनै पनि स्मार्टफोनको तुलनामा सबैभन्दा सुरक्षित फेस आइडी डिटेक्शन हुनेछ । यी दुई नयाँ आइफोन न्यूरल इन्जिन, फोर–कोर जिपियु र सिक्स–कोर सिपियु प्रविधीमा आधारित हुनेछ जसका कारण यी पहिलेको भन्दा निकै तेज हुनेछन् र कम इनर्जीमा नै चल्नेछन् । यी दुई फोन ५ ट्रिलियन अपरेशन प्रति सेकेन्ड हुने दाबी गरिएको छ । यसमा ५१२ जीबीको अधिकतम स्टोरेज हुनेछ अर्थात् यसमा दुई लाख फोटो सेभ गर्न सकिनेछ ।

एप्पलले तेस्रो नयाँ फोन आइफोन एक्सआर पनि लञ्च गर्यो । यसमा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले हुनेछ । यो धुलो र पानीबाट सुरक्षित हुनेछ । यसमा होम बटन हुनेछैन । यसलाई चलाउनका लागि हेप्टिक टच नामको नयाँ फिचर दिइएको छ । यसमा सिंगल रियर क्यामरा दिइएको छ । यसमा एडभान्स Bokeh टेक्नोलोजीका साथ १२ एमपीको सिंगल क्यामरा हुनेछ । यसको ब्याट्रि लाइफ डेढ घण्टा बढी हुनेछ ।

यस्तो छ मूल्य

एप्पलले आइफोन एक्सआर म्याक्सको मूल्य १०९९ डलर, आइफोन एक्सएसको ९९९ डलर र आइफोन एक्सआरको ७४९ डलर तोकेको छ । यस्तै, एप्पलले आइफोन सेभेन र आइफोन एट को मूल्य घटाएको छ । यसको नयाँ मूल्य क्रमशः ४४९ डलर र ५५९ डलर तोकेको छ ।

यस्तै यी फोन गोल्ड, सिल्भर र स्पेस ग्रे फिनिशेसमा उपलब्ध छन् ।

ड्युअल क्यामराः १२ मेगापिक्सल वाइड एण्ड टेलिफोटो लेन्स

फ्रन्ट फेसिङ्ग क्यामराः ७ मेगापिक्सल, जसले पोट्रेट फोटो राम्रो खिच्ने छ

ए १२ बायोनिक चिपः ७–नानोमिटर प्रोसेसर, जसले सन् २०१७ का आइफोनमा भन्दा एप्लिकेशनको प्रस्तुतिदर ३० प्रतिशत तीव्र बनाउँछ ।

स्टोरेज अप्सन्सः ६४ जिबी, १२८ जिबी र ५१२ जिबी

आइपी ६८ वाटर रेसिस्टेन्स रेटिङ्ग रहेकाले दुई मिटरको गहिराइमा ३० मिनेटसम्म रहँदा पनि सुरक्षित हुनेछ

ब्याट्री लाइफः आइफोन एक्सएसमा आइफोन एक्सको भन्दा ३० मिनेट बढी हुनेछ

इसिम टेक्नोलोजीबाट दुईवटा सिम सपोर्ट गर्ने

फेस आइडी मार्फत फोनलाई अनलक गर्न सकिने

थ्री डी टच प्रेसर सेन्सेटिभ स्क्रिन

स्टेरियो साउण्ड

आइओएस १२ सफ्ट्वेयर

आइफोन एक्सएसको मूल्यः ९९९ अमेरिकी डलरबाट सुरु (६४ जिबीको ९९९ अमेरिकी डलर, २५६ जिबीको ११४९ अमेरिकी डलर र ५१२ जिबीको १३४९ अमेरिकी डलर)

आइफोन एक्सएस म्याक्सको मूल्यः १०९९ अमेरिकी डलरदेखि सुरु (६४ जिबीको १०९९ अमेरिकी डलर, २५६ जिबीको १२४९ अमेरिकी डलर र ५१२ जिबीको १४४९ अमेरिकी डलर)

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्